बलिउडका यी ७ अभिनेत्री आफ्नी आमाको कार्बन कपी हुन्, मिल्छ हुबहु अनुहार

काठमाडौँ : भन्ने गरिन्छ कि छोरी आफ्नो आमाको सबैभन्दा धेरै नजिक हुन्छन्। एक छोरीको लागि उनको आमा बेस्ट फ्रेन्ड हुन्छ। छोरी बुबाको प्यारी भए  पनि उनको आमाको जस्तो धेरै गुण हुन्छ। लुक्सको मामला उनी आमा जस्तै देखिन्छन् र यसको सीधा उदाहरण तपाईहरुले बलिउडमा देख्न सक्नुहुन्छ। बलिउडका यी अभिनेत्रीहरु आमाको कार्बन कपी छन्।

हेमा मालिनी(Hema Malini) र ईशा देओल(Esha Deol) : बलिउडको ड्रिम गर्ल हेमा मालिनी दुई छोरीकी आमा हुन्। हेमा बलिउडमा चर्चित अभिनेत्रीमा पर्छिन्। तर उनको दुईटै छोरीले भने इन्डस्ट्रीमा केही गर्न सकेनन्। ईशा देओलको अनुहार हेमा मालिनीसँग धेरै मिल्छ। उनी पनि आफ्नो आमा जस्तै एक क्लासिकल डान्सर हुन् ।

आलिया भट्ट(Alia Bhatt) र सोनी राजदान(Soni Razdan) : बलिउडको क्यूट एक्ट्रेस आलिया भट्ट आज बलिउडमा एक चर्चित अभिनेत्रीको नाममा पर्छिन्। सानै उमेरमा नै आलियाले चर्चा बटुलेकी थिइन्। आलियाकी आमा सोनी राजदान ब्रिटिशमा जन्मिएको भारतीय अभिनेत्री हुन्। सोनीले  महेश भट्ट(Mahesh Bhatt)सँग सन् १९८६ मा बिहे गरेकी थिईन् भने आलिया १९९३ मा जन्मिएकी थिइन्। ६७ वर्षीय सोनी र आलियाको अनुहार धेरै मिल्छ।

ट्विंकल खन्ना(Twinkle Khanna) र डिम्पल कपाडिया(Dimple Kapadia) : बलिउडको टप अभिनेत्रीमा चर्चित डिम्पल कपाडियाले बलिउडमा आफ्नो अलग पहिचन बनाएकी छन्। डिम्पलले १६ वर्षको उमेरमा नै ३१ वर्षीय सुपरस्टार राजेश खन्ना(Rajesh Khanna)सँग बिहे गरेकी थिइन्। १९७३ मा उनले ट्विंकल खन्नालाई जन्माएकी थिइन्। दुर्भाग्यवश ट्विंकल आफ्नो आमा जस्तै स्टार बन्न सकिनन्। डिम्पल र ट्विंकलको अनुहार एकअर्कासँग हुबहु मिल्छ।

श्रुति हासन(Shruti Haasan) र सारिका(Sarika) : साउथ सुपर स्टार कमल हासन(Kamal Haasan)ले निकै सुन्दर अभिनेत्री सारिकासँग बिहे गरेका थिए। सारिका आफ्नो जमानामा निकै चर्चित अभिनेत्री थिइन्। उनले १९८६ मा श्रुतिलाई जान्माएकी थिइन्। श्रुतिको सुन्दरतामा उनको आमाको झलक देखिन्छ। दुवैको अनुहार लगभग धेरै मिल्छ।

सोहा अली खान(Soha Ali Khan) र शर्मिला ट्यागोर(Sharmila Tagore) : आफ्नो जमानाको उत्कृष्ट अभिनेत्री शर्मिला टैगोर निकै सुन्दर अभिनेत्री हुन्। शर्मिला टैगोरले क्रिकेटर मन्सूर अली खान(Mansoor Ali Khan Pataudi)सँग बिहे गरेकी थिइन्। शर्मिलाले १९७८ मा सोहा अली खान जन्मिएकी थिइन्। सोहाको अनुहार देखेर नै सबैले शर्मिला टैगोरको छोरी भनेर चिन्छन्।

करिश्मा कपूर(Karisma Kapoor) र बबीता कपूर(Babita Kapoor) : ९० दशकको  टप अभिनेत्री करिश्मा कपूरको आमा बबीता कपूर पनि आफ्नो जमानाको चर्चित अभिनेत्री थिइन्। बबीता र रणधीर कपूर(Randhir Kapoor)को छोरी करिश्मा कपूरको जन्म १९७४ मा भएको थियो र उनको अनुहार पनि आफ्नो आमासँग हुबहु मिल्छ।

सारा अली खान(Sara Ali Khan) र अमृता सिंह(Amrita Singh) : सन् २०१८ मा सारा अली खानले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनलाई देखेर यस्तो लागेको थियो कि अमृता सिंह स्वयम् पर्दामा आएकी थिइन्। बलिउडको सुन्दर अभिनेत्री अमृता सिंहले सैफ अली खान(Saif Ali Khan)सँग बिहे गरेकी थिइन्। सारा अली खानको जन्म १९९३ मा भएको थियो। सारा आमाको कार्बन कपी हुन्।

अर्को समाचार:

साउथ फिल्ममा देखिने यी अभिनेत्रीहरु साउथ इन्डियाका हैनन्, आखिर कहाँका हुन् त ?