साउन महिना यी ४ राशि रहनुहोस् सावधान, पर्नेछ अशुभ प्रभाव

श्रावण महिना सुरु भईसकेको छ। वैदिक ज्योतिष शास्त्र अनुसार साउन महिनामा धेरै ग्रह र नक्षत्रको स्थिति परिवर्तन हुँदैछ। यस्तो अवस्थामा १२ राशिको जीवनमा शुभ वा अशुभ प्रभाव पर्न सक्छ। आउनुहोस् जानौँ साउन महिनामा कुन राशिका व्यक्तिहरूले सावधानी अपनाउनुपर्छ।

वृष राशि

ज्योतिष शास्त्रका अनुसार साउन महिनाले यस राशिका मानिसका लागि केही कठिनाइ बढाउन सक्छ। शारीरिक, मानसिक समस्याको सामना गर्नु पर्नेछ। अनावश्यक खर्चले सताउन सक्छ। यसका साथसाथै कुनै पनि प्रकारको व्यापार सम्बन्धी निर्णय लिनबाट बच्नुहोस्। यसले आर्थिक नोक्सान हुन सक्छ। अशुभ प्रभावबाट बच्न शिवलिंगको अभिषेक गर्नु लाभदायक हुन्छ। परिवारमा शान्ति कायम हुनेछ।

कन्या राशि

साउन महिना यस राशिका मानिसका लागि उतार चढावले भरिपूर्ण रहन सक्छ। व्यापार व्यवसायमा केही समस्या आउन सक्छ। स्वास्थ्यमा सजग रहनु पर्ने देखिन्छ। कामको बोझ बढी हुनसक्छ। जागिर खानेहरूले केही समस्याको सामना गर्नु पर्नेछ। त्यसैले बेकारका कुराहरूमा ध्यान नदिनुहोस् र आफ्नो काममा चिन्तित हुनुहोस्। भगवान शिवको आशीर्वाद प्राप्त गर्न जलाभिषेक गर्नु लाभदायक हुनेछ।

तुला राशि

यो राशिका लागि साउन महिना मिश्रित रहनेछ। अनावश्यक खर्चले सताउन सक्छ। रोजगारी भएका व्यक्तिले कार्यस्थलमा केही समस्याको सामना गर्नु पर्नेछ। व्यवसायमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने केही समय पर्खनु राम्रो हुनेछ। शुभ फलको लागि शिव मन्त्रको जप गर्नुहोस्।

कुम्भ राशि

साउन महिनाले यस राशिका व्यक्तिलाई केही अप्ठ्याराहरू बढाउन सक्छ। व्यापार व्यवसायमा साझेदारसँग मतभिन्नता हुन सक्छ। यस्तो अवस्थामा व्यापारमा बढी ध्यान दिनु पर्ने देखिन्छ अन्यथा ठूलो घाटा बेहोर्नु पर्नेछ। कार्यस्थलमा सहकर्मीहरूसँग सावधानी अपनाउन आवश्यक छ, किनकि उनीहरूले आफ्नो फाइदाको लागि काम लिन सक्छन्। शुभ प्रभावको लागि भगवान शिवको अभिषेक गर्नुहोस्, यसका साथै बेलपत्र, आक फूल, धतुरो आदि चढाउनुपर्छ।

अर्को समाचार:

साउन ३ गतेको राशिफल : बिहिबार १२ राशिका दिन अनुकूल – प्रतिकूल कस्तो रहला ?