साप्ताहिक राशिफल : असार महिनाको पहिलो हप्ता यी राशिलाई हुनेछ फलिफाप नै फलिफाप

साताको राशिफल : असार २ गतेदेखि असार ८ गतेसम्मको राशिफल

मेष राशि

इलेक्ट्रोनिक्ससँग सम्बन्धित व्यवसाय गर्ने व्यक्तिको अपेक्षित भन्दा बढी फाइदा प्राप्त गर्नेछन्। पदोन्नतीको योग रहेको छ। आयमा वृद्धि हुनेछ। व्यावसायिक क्षेत्र सम्बन्धी जग्गा-जमीनको विषयबाट पनि लाभ मिल्न सक्छ। प्रेम सम्बन्ध र विवाहित जीवनमा सुमधुरता रहनेछ। जीवन साथीको पूर्ण समर्थन प्राप्त हुनेछ।

वृष राशि

बेरोजगार मानिसले रोजगारीका अवसरहरू पाउने छन्। शेयर बजारसँग जोडिएकाले अप्रत्याशित लाभ प्रात गर्नेछन्। कुनै पनि कार्यमा साथीहरुको पूरा समर्थन मिल्नेछ। तपाईंको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। प्रेम सम्बन्धमा मदभेदको स्थिति उत्पन्न हुनसक्छ, सजग रहनुहोला।

मिथुन राशि

यात्राको क्रममा स्वास्थ्य र सामान दुबैको विशेष ख्याल राख्नुहोस्। कार्य व्यस्तताको कारण शारीरिक थकानको महसुस हुनेछ। प्रिय व्यतिसँग रमणीय भेटघाट हुने सम्भावना रहेको छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। तपाईंले हप्ताको अन्त्यमा सुख-सुविधासँग सम्बन्धित चीजहरूमा खर्च गर्नुपर्ला। घरमा मांगलिक कार्यको आयोजना हुनसक्छ।

कर्कट राशि

यस हप्ता आफ्नो स्वास्थ्यमा बढी ध्यान दिन आवश्यक छ। अधिक कामको कारण तपाईंको स्वास्थ्य बिग्रन सक्छ। खानापानमा विशेष ध्यान दिनुहोस्। भाग्यवृद्धिको योग रहेको छ। रोजगारदाताहरूले कुनै चीजको लागि वरिष्ठ अधिकारीहरूको क्रोधको सामना गर्नुपर्ने हुन सक्छ। बच्चाहरूको शिक्षा सम्बन्धि चिन्ता रहनेछ। अनावश्यक कार्यमा समय खर्च हुनेछ।

सिंह राशि

व्यापार व्यवसाय क्षेत्रमा असफलताको योग रहेको छ। आक्स्मिक धन लाभ मिल्ने सम्भावना रहेको छ। नयाँ कार्य सुरु गर्नको लागि यो हप्ता शुभ रहनेछ। परिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। समग्रमा प्रयास, कडा परिश्रम, विवेकको उपयोग अर्थपूर्ण रहनेछ। अन्तराष्ट्रिय रूपमा व्यापार गर्नेले अपेक्षा भन्दा बढी लाभ प्राप्त गर्नेछन्।

कन्या राशि

यस हप्ता कन्या राशिको लागि केही चुनौतीहरू आएपनि नयाँ अवसरहरू मिल्नेछन्। प्रेम सम्बन्ध वा परिवारको लागि कम समय समर्पित गर्न सक्षम हुनुहुनेछ। व्यापार वा व्यवसायको सम्बन्धमा लामो वा छोटो दूरीको यात्रा गर्नुपर्ला। रिस र व्यंग्य शब्द प्रयोग नगर्नुहोस्। प्रेम सम्बन्ध मजबूत हुनेछ। आर्थिक पक्ष कमजोर रहन सक्छ।

तुला राशि

यदि तपाईं जागिर परिवर्तनको बारेमा सोच्दै हुनुहुन्छ भने होसियारीपूर्वक निर्णय लिनुहोस्। भूमि सम्बन्धि कार्यमा फाइदा हुनेछ। हप्ताको अन्तमा, परिवारका सदस्यहरूसँग कुनै चीजको बारेमा विवाद हुन सक्छ। यस समयमा, आफ्ना आमा बुबाको आवश्यकतालाई ध्यान दिनुहोस्। प्रेम सम्बन्धमा केहि समस्या आउनसक्छ।

वृश्चिक राशि

घरमा मांगलिक कार्य हुनसक्छ। लामो समय पछि साथी वा प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र नयाँ सम्बन्ध स्थापना गर्नको लागि यो समय अत्यन्त शुभ रहनेछ। व्यापारको सम्बन्धमा छोटो दूरीको यात्रा गर्नुपर्दछ। यात्रा लाभदायक साबित हुनेछ। हप्ताको अन्तमा तपाईंको स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।

धनु राशि

कार्य सफलता प्राप्त गर्नको लागि कडा परिश्रम गर्नु पर्नेछ। धनहानि हुने योग रहेको छ। प्रेम सम्बन्धमा केहि मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। हप्ताको अन्तमा जीवनसाथीको व्यवहार तपाईं प्रति धेरै कठोर हुनसक्छ। वैवाहिक जीवनमा पनि मदभेदको अवस्था आउनसक्छ। महिलाहरुको लागि समय मध्यम रहनेछ।

मकर राशि

आर्थिक लाभ प्राप्त गर्नुहुनेछ। आकस्मिक लाभ मिल्ने सम्भावना छ। यदि तपाईं जागिर परिवर्तनको बारेमा सोच्दै हुनुहुन्छ भने केहि समय प्रतिक्षा गर्नु राम्रो हुन्छ। कार्यस्थलका समस्याहरूले प्रेम सम्बन्धमा समस्या निम्त्याउन सक्छ। हप्ताको अन्त्यमा प्रेम सम्बन्ध मजबूत हुनेछ। धार्मिक कार्यहरूमा रुचि बढ्नेछ।

कुम्भ राशि

रोजगारदाताहरुको श्रम सम्मान हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। प्रेम सम्बन्धमा केहि समस्या आउनसक्छ। जीवनसाथीबाट सल्लाह लिनु तपाईंको लागि लाभदायक साबित हुनसक्छ। यस अवधिमा दुश्मनहरूसँग सावधान हुनु आवश्यक छ।

मीन राशि

तपाईंको लागि नोभेम्बरको पहिलो हप्ताले व्यापारको बारेमा सुखद समाचार ल्याउँदछ। शेयर बजारमा संलग्न मानिसले अप्रत्याशित फाइदा प्राप्त गर्नेछन्। अत्यधिक खर्च बढ्नाले आर्थिक पक्ष कमजोर हुनसक्छ। मित्रता प्रेम मामिलामा परिणत हुनसक्छ। प्रेम र नयाँ सम्बन्धको स्थापनाको लागि यो हप्ता उत्तम रहनेछ।

अर्को समाचार:

यो हप्ता ३ राशिलाई मिल्नेछ मनग्यै धन, ३ राशिलाई हुनेछ हानि-नोक्सानी