जेठ २९ गतेको राशिफल : मङ्गलबार खासै शुभ छैन यी राशिलाई, घट्नेछ अप्रत्यासित घटना

जेठ २९ गतेको पञ्चाङ्ग तथा राशिफल  : –

दिन : मंगलवार
तिथि : पञ्चमी १८:०८ बजेसम्म, त्यसपछी षष्ठी
नक्षत्र : अश्लेषा ००:४५ बजेसम्म, त्यसपछी मघा
योग : व्याघात १८:२३ बजेसम्म, त्यसपछी हर्षण
करण : वव ०५:३४ बजेसम्म, त्यसपछी वालव १८:०८बजेसम्म, त्यसपछी कौलव
जेठ २९, २०८१, मंगलवार
11 June, 2024
पञ्चमी, ज्येष्ठ शुक्लपक्ष
तछलाथ्व, ११४४ ने.सं.
सूर्योदय : – ५:०९
सूर्यास्त : – १८:५८

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

अतिशय संवेदनशीलता अनुभव गर्नुहुनेछ। कसैले तपाईको भावनामा ठेस पुर्याउनेछ । पसल वा जमीनको पत्रमा दस्तखत नगर्नुहोला। मानसिक व्यग्रतालाई टाढा गर्नको लागि अध्यात्म वा योगको सहारा लिनुहुनेछ । स्त्री एवं पानीबाट बच्नुहोला । अभ्यासको लागि मध्यम समय रहनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

संवेदनशील एवं भावुकतामय विचार आउनेछ । तपाईको चिन्ता कम हुनेछ र मन खुशी रहनेछ । कल्पना शक्तिबाट सिर्जनात्मक कार्य गर्नुहुनेछ । परिवारवा वा मित्रसंग भोजन गर्नुहुनेछ । कुनै आकस्मिक कारणबाट यात्रा गर्नुहुनेछ । पैसाको बारेमा ध्यान दिनुहोला।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

आफन्त एवं मित्रसँग भेटले आनन्दको अनुभव हुनेछ । आर्थिक योजनामा तपाई समस्यामा पर्नुहुनेछ । सुरु गरिएको जरुरी काम ढिला भएपनि सजिलै पूरा हुनेछ । पेसा-धन्दामा अनुकूल वातावरण रहनेछ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

मनमा माया एवं भावना छल्किनेछ । साथी र आफन्तको तर्फबाट भेट-उपहार पाउनुहुनेछ र दिन खुशीमा बित्नेछ। यात्रा ,सुन्दर भोजन एवं प्रियजनको सहवासले रोमान्चित रहनुहुनेछ । श्रीमतीसँग मन प्रसन्न रहनेछ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

अदालतको प्रश्नमा सावधानी अपनाउनुहोला । मन भावनाले व्यथित रहनेछ र त्यसको प्रवाहमा आएर अनैतिक काम नगर्नुहोला । महिलाको बारेमा विशेष ध्यान राख्नुहुनेछ । बोलि र व्यवहारमा ध्यान राख्नुहोला । विदेशबाट समाचार पाउनुहुनेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

तपाईको घर, परिवार र व्यवसाय जस्ता सबै क्षेत्रहरूले लाभको लागि प्रतिक्षा गरिरहेको छ । साथीसँग आनन्ददायक यात्रा रहनेछ र दाम्पत्यजीवनमा निकटता अनुभव गर्नुहुनेछ। स्त्री मित्रबाट विशेष लाभदायी रहनेछ । धनप्राप्तिको लागि शुभ समय रहेको छ । व्यापारको पैसा लिनको लागि बस्नुहुनेछ ।अविवाहितले जीवनसाथीको खोजिमा सफलता पाउनेछन् ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

पेसामा पदोन्नतिको योग रहेको छ । तपाईमा अधिकारीको कृपादृष्टि रहेको छ । परिवारमा उत्सवको उल्लासको माहोल रहनेछ। मनमा भावनात्मकता बढ्नेछ ।आमाको तर्फबाट फाईदा मिल्नेछ। उत्तम विवाहसुख प्राप्त हुनेछ । व्यवसाय क्षेत्रमा राम्रो र सफल दिन रहेको छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तपाईको दिन प्रतिकूलता एवम अनुकूलताले दिन मिश्रित रहनेछ । लेखन- साहित्यसँग सम्बन्धित प्रवृति गर्नुहुनेछ । व्यवसायको स्थलमा प्रतिकूल परिस्थिति रहनेछ । प्रतिस्पर्धिसँग वाद- विवाद हुनेछ । सन्तानसँग मतभेद हुनेछ । धनखर्च हुनेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

खानपिनमा ध्यान राख्नुहोला। कार्य सफलतामा ढिला हुनुको करण निराशा अनुभव गर्नुहुनेछ । काम समयमा पूरा हुनेछैन । कामको बोझ धेरै हुन्छ । नयाँ कामको सुरुवात नगर्नुहोला। शारीरिक स्वास्थ्य बिग्रिनेछ । मनमा बेचैन एवं व्यग्रता बढ्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

पैसाको दृष्टिले निकै राम्रो रहनेछ । व्यापार वृद्धिको योग रहेको छ । यस बाहेक दलाली, व्याज, कमिशनमा मिल्ने पैसाले भण्डारा वृद्दि हुनेछ । प्रेमीको लागि प्रणय परिचयको योग रहेको छ । विजातीय आकर्षण रहनेछ । सुन्दर भोजन, वस्त्र परिधान एवं वाहनसुख प्राप्त हुनेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

वर्तमान समयमा तपाईको कार्य सफलता मिल्नेछ एवम यशकीर्ति प्राप्त हुनेछ । तपाईको स्वभावमा भावुकता रहनेछ। माईतको तर्फबाट राम्रो शुभ मिल्नेछ। घरमा प्रफुल्लित माहोल हुनेछ। पेसामा तपाईको साथीको साथ मिल्नेछ । तन एवम मनबाट तपाई प्रफुल्लितट अनुभव गर्नुहुनेछ । परिवारको माहोल सुखशान्ति रहनेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

विद्यार्थीको लागि दिन शुभ रहेको छ । अभ्यासमा सफलता मिल्नेछ एवम प्रगतिको लागि नयाँ मौका प्राप्त हुनेछ । कल्पना शक्तिले साहित्य लेखनमा नयाँ काम गर्नुहुनेछ । तपाईको स्वभावमा धेरै भावुकता एवम कामुकता रहनेछ। स्त्री मित्रसँग खर्च हुनेछ ।

अर्को समाचार:

यी ३ राशिका मानिस हुन्छन् सबैभन्दा बुद्धिमानी, सानै उमेरमा ठूलो सफलता हासिल गर्छन्