साप्ताहिक राशिफल : जेठ १८ गतेसम्मका दिन त्यति राम्रा छैनन् यी ४ राशिलाई, हुनेछ हानि-नोक्सानी

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – जेठ १२ गते देखि १८ गतेसम्म

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

साताका सुरुका दुई दिन त्यति राम्रा छैनन् । त्यसैले शनिबार र आइतबार महìवपूर्ण काम नगर्नुहोस् । सोमबारदेखिका बाँकी दिन राम्रा खालका छन् । खर्च त घट्ने छैन तर असल काममा खर्च हुनाले मनमा सन्तोष नै हुनेछ । व्यावसायिक कामबाट विशेष फल प्राप्ति होला ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

साताको सुरु र अन्त्य त्यति राम्रो छैन । बीचको भागले मात्रै साथ दिनेछ । सानो काम गर्न पनि बढी खर्च गर्नु पर्ला । यात्रा भए पनि निरर्थक खालको यात्राले खास कुनै प्रगति हुने छैन । पढाइमा समय बढाउनुहोस्, धेरै नयाँ कुरा सिक्नुहुनेछ । परिवारबाट राम्रो सहयोग पाउनुहुनेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यो साता आधा काम बन्नेछन् भने आधा बाँकी रहनेछन् । खर्च बढी नै होला, त्यसलाई नियन्त्रण गर्न गाह्रो छ । सहयोग दिनेको सङ्ख्या हाल त्यति देखिँदैन । यात्रा त होला तर निरर्थक खाले यात्रा नै बढी सम्भव छ । पढाइ र लेखाइमा समय थपेमा राम्रै उपलब्धि गर्नुहुनेछ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

त्यति राम्रो साता छैन । मनमा अनेकौँ शङ्का र डर लागिरहनेछन् । विशेष गरेर स्वास्थ्यका बारेमा शङ्का बढी छ । परिवारबाट पाउनुपर्ने सहयोग अति सीमित मात्रै देखिन्छ । विवाहसम्बन्धी कुरामा पनि त्यति गति आउने छैन । देवीको आराधनाले त्यसमा सुधार होला।

अर्को समाचार:

यी ५ बलिउड अभिनेताका श्रीमती छन् धेरै नै कान्छी, उमेर अन्तर सुन्दा अचम्ममा पर्नु हुनेछ