फाल्गुन ९ गतेको राशिफल : बुधबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

पञ्चाङ्ग : –
दिन : बुधवार
तिथि : द्वादशी १२:४८ बजेसम्म, त्यसपछी त्रयोदशी
नक्षत्र : पुनर्वशु १५:४३ बजेसम्म, त्यसपछी तिष्य
योग : आयुष्मान् १३:२८ बजेसम्म, त्यसपछी सौभाग्य
करण : वालव १२:४८ बजेसम्म, त्यसपछी कौलव ०१:१९ बजेसम्म, त्यसपछी तैतिल
कार्यक्रमहरू : विश्व मातृभाषा दिवस, वटु (कान्तिपुर)मा माघयात्रा (सन्यादुलि), भीष्म द्वादशी, प्रदोष व्रत

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

घर,परिवार तथा सन्तानको मामलामा तपाईं आनन्दमय र सन्तोषजनक भावनाको अनुभव गर्नुहुनेछ। मित्रगण तथा आफन्तजनको साथ भेटघाट हुने अवसर मिल्नेछ। व्यापार सम्बन्धित यात्राको योग रहेको छ, जसबाट लाभ प्राप्त हुनेछ। पदोन्नतीको योग रहेको छ। शारीरिक थकानको महशुस हुनेछ। आगो,पानी र वाहन दुर्घटना हुने सम्भावना रहेकोले सतर्क रहनुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

व्यापारीको लागि यस दिन निकै शुभ रहेको छ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहेको छ। आर्थिक लाभ मिल्ने सम्भावना छ। वैदेशिक क्षेत्रमा रहेका आफन्तबाट शुभ समाचार प्राप्त हुने सम्भावना रहेको छ। धार्मिक यात्राको अवसर मिल्नसक्छ। मानसिक तथा शारीरिक थकानको महशुस हुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

आफ्नो क्रोधमा नियन्त्रण गर्नु पर्ने देखिन्छ। अत्याधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर हुनेछ। परिवारका सदस्य तथा कार्यक्षेत्रमा सहकर्मीका साथ मनमुटावको स्थिति सिर्जना हुनसक्छ,जसको कारण मन चिन्तित रहनेछ। मनमा नकारात्मक सोच आउन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ,साथै मानसिक तनाब बढ्नेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

यस दिन तपाईंको लागि सामाजिक तथा व्यावसायिक क्षेत्र लाभदायक साबित हुनेछ। वाहन सुख,नयाँ वस्त्र प्राप्त हुँदा मन प्रशन्न रहनेछ। विपरित लिंगीको भेट निकै रोमान्चक र रमाइलो हुनेछ। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ। यात्राको योग बन्नेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग प्राप्त हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। दैनिक कार्यमा अवरोध आउन सक्छ। कडा परिश्रम गर्दा पनि अपेक्षाकृत सफलता प्राप्त नहुँदा मन चिन्तित रहनेछ। मनमा उदासिनता र संकाको भावना उत्पन्न हुनसक्छ। शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग वाद-विवाद हुन सक्ने देखिन्छ, सावधान रहनुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। सन्तान सम्बन्धि समस्याले मन चिन्तित रहनेछ। पेट सम्बन्धि समस्या आउन सक्छ। विद्यार्थी वर्गको लागि समय अनुकूल छैन। आकस्मिक धन खर्च हुनसक्छ। प्रिय व्यक्तिसँग भेट गर्ने अवसर मिल्नेछ। शेयर सट्टाको लागि समय शुभ रहेको छैन। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी देखिन्छ। परिवारको सदस्यका साथ मतभेद हुने सम्भावना रहेको छ। यस दिन तपाईंलाई यात्राको लागि समय अनुकूल छैन। आफन्तजनसँगको सम्बन्धमा गिरावट आउन सक्छ। पानीबाट खतरा हुनसक्छ,सावधान रहनुहोला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहेको छ। आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ। दाजु-भाईसँगको सम्बन्धमा सुधार आउनेछ साथै उनीहरुबाट भरपूर सहयोग मिल्नेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। प्रिय व्यक्तिका साथको भेटले मन प्रशन्न रहनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

पारिवारिक कलहको स्थिति सिर्जना हुनाले मन चिन्तित रहनेछ। अनावश्यक खर्च हुनेछ। परिवारको सदस्यका साथ मतभेद हुन सक्छ। मित्रगण तथा आफन्तजनसँग भेटघाटको अवसर मिल्ने देखिन्छ। मित्रगणको सहयोग निकै लाभदायक साबित हुनेछ। अधिक परिश्रम पश्चात पनि अपेक्षाकृत सफलता मिल्ने छैन। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहेको छैन।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

धार्मिक कार्यमा अवसर मिल्नेछ। गृहस्थजीवन आनन्दपूर्वक बित्नेछ। हरेक कार्य सरलतापूर्वक सफल हुनाले मन प्रशन्न रहनेछ। मानसिक तथा शारीरिक प्रफूल्लता महशुस गर्नुहुनेछ। मित्रगण तथा आफन्तजनबाट उपहार प्राप्त हुनसक्छ। दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ। चोट लाग्ने सम्भावना रहेकोले सतर्क रहन जरूरी छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। लेन-देनको लागि समय उत्तम छैन। खर्चमा वृद्धि हुनाले आर्थिक पक्ष कमजोर हुनेछ। पारिवारिक कलहको स्थिति सिर्जना हुने सम्भावना रहेको छ। परिवारको सदस्यका साथ मतभेद हुन सक्छ। क्रोध तथा वाणीमा संयम राख्न जरूरी छ। दुर्घटना हुनसक्ने सम्भावना भएकोले सावधान रहनुहोला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

तपाईंको लागि यस दिन लाभदायक रहनेछ। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ। आयमा वृद्धि हुनेछ। अग्रज तथा मित्रगणबाट लाभ प्राप्त हुने देखिन्छ। नयाँ मित्र पनि बन्ने सम्भावना रहेको छ। मांगलिक कार्यमा उपस्थित हुने अवसर मिल्नेछ। यात्राको योग बन्नेछ। आकस्मिक धन लाभ मिल्नेछ। सन्तान तथा पत्नीबाट शुभ समाचार मिल्नेछ।

अर्को समाचार:

साप्ताहिक राशिफल : यी राशिलाई राम्रो छ यो साता, अज्ञात भयले सताउनेछ यी राशिलाई