फाल्गुन ११ गतेसम्मको साप्ताहिक राशिफल : यी राशिको जीवनमा ठूलो बज्रपात आइपर्न सक्छ, सचेत रहनुस्

फाल्गुन ५ गतेदेखि फाल्गुन ११ गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

यो सातामा पनि पूरा काम बन्ने छैन । सुरुका दुई दिन खर्च बढिरहला । काममा प्रगति पनि गतिलो रूपमा हुने छैन । सोमबारदेखि केही सुधार भएर आउला । स्वास्थ्यको स्थिति पूरा राम्रो रहने छैन । परिवार एवं मित्रको सहयोगले टेवा देला ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

स्वास्थ्यका कारणले गर्नुपर्ने काममा विलम्ब हुन जाला । परिवारबाट पनि खोजेको जति सहयोग पाइने छैन । बरु परिवारका सदस्यहरू बिरामी पर्न सक्छन् । देवीको सेवा नगरी यो समस्या निर्मूल हुने छैन । व्यापारमा लगाएको श्रम खेर जाने छैन ।

मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सातालाई नराम्रो रूपमा लिन सकिन्न । काम गर्ने हौसला बढी नै रहला । अलिअलि स्वास्थ्यमा कमजोरी आए पनि त्यसलाई निराकरण गर्न नसकिने होइन । शिक्षाको क्षेत्रतिर लगाएको श्रम खेर जाने छैन । व्यापार र व्यवसायबाट मनग्गै लाभ हुनेछ तर जागिरमा भने मध्यम स्थिति छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आय एवं व्यय बराबरै जस्तो होला । सञ्चिति हुने देखिन्न । मनमा चाहिने नचाहिने कुराको शङ्काले उद्वेग गराइरहला । बगलामुखीको नित्य दर्शन गरे मात्र त्यस्तो शङ्काबाट निवृत्ति पाउन सक्नुहुनेछ । विवाहसम्बन्धी कुरा पनि भाँडिएला । खर्च घट्ने देखिन्न ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मानप्रतिष्ठामा बढोत्तरी देखिन्न तर मनोरञ्जन गर्न भने छोडिने छैन । सुरुकै दिनमा भोज भत्तेरहरू प्रसस्त पर्ने छन् । यसैका लागि खर्च पनि भइरहला । बुधबारदेखि राम्रा अवसर प्राप्त हुनेछन् । आन्तरिक खालको व्यापारभन्दा बाह्य व्यापारले टेवा दिनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सुरुका दिनमा बढी खर्च भए पनि निराश हुनुपर्ने समय छैन । केही नयाँ काम तपाईंको हातमा आउने छन् र त्यसैबाट फाइदा होला । पढाइ एवं लेखाइ दुवैतिर हाल मध्यम स्थिति रहनेछ । लिपिबद्ध गर्ने काममा सफलता मिले पनि चिन्तन गर्ने शक्ति भने कमजोर छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

खर्च भई नै रहला । त्यसलाई घटाउन सकिने छैन । मित्रहरूले दिएको सल्लाहलाई मान्नुहोस् । त्यसबाट केही गतिलो उपलब्धि पाउने सम्भावना देखिन्छ । विवाह एवं प्रेमको विषयमा हाल उपयुक्त समय छ । यात्राको सम्भावनासमेत त्यत्तिकै देखिन्छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मनमा डर लागिरहला । सानो सानो काम पूरा गर्न पनि विलम्ब हुन जाला । जागिरबाट त्यति भरोसा छैन । व्यापारतिर भने राम्रै लक्षण देखा पर्छ । पारिवारिक सहयोग र मित्रहरूको सद्भावना मिलिरहला । गणेशको सेवा भने गरी नै रहनुहोस् ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

खर्च त घट्ने छैन तर केही महìवपूर्ण काम भने बन्ने नै छन् । आयको स्रोत पनि बलियो हुनाले निराश हुनुपर्ने देखिन्न । विवाहसम्बन्धी कुरामा प्रगति नै होला र एक पाइलो अगाडि बढाउनुमा नै श्रेय छ । जागिरतिरको स्थिति पनि हाल नराम्रो देखिन्न ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सोमबारसम्मका दिनहरू त्यति राम्रा छैनन् । गरेको काममा बाधा आउनाले मन खिन्न होला । मङ्गलबारबाट भने त्यो खिन्नता हटी काम गर्ने जोश बढ्ला । व्यापारतिर मध्यम स्थिति छ । कम्मरभन्दा मुनिको भागमा पीडा हुनसक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

साता मध्यम खालको छ । आधा काम बन्लान् भने आधा बाँकी रहने छन् तर बिग्रने स्थिति भने छैन । व्यवसायका बारेमा अनेक कठिनाइ सामुन्ने आउन सक्छन् । नारायणको आराधनाले त्यसलाई निराकरण गर्न सकिनेछ । पढाइतिर केही समय बढाएमा ज्ञानको राम्रो आर्जन हुनसक्छ ।

मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

सातालाई राम्रै रूपमा लिन सकिन्छ । केही बाधा र कठिनाइ आए पनि त्यसलाई हटाउन नसकिने होइन । आध्यात्मिक काममा अभिरुचि बढिरहला । प्रेमको सम्बन्धमा पनि हाल ठूलो सफलता देखिन्न । यात्रा भए पनि त्यसबाट फाइदाभन्दा खर्च नै बढी हुनेछ ।

अर्को समाचार:

फाल्गुन ६ गतेको राशिफल : आइतबार यी राशिको चम्किनेछ भाग्य, हुनेछ दुवै हातमा लड्डु