माघ २६ गतेको राशिफल : शुक्रबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

पञ्चाङ्ग : –
दिन : शुक्रवार
तिथि : चतुर्दशी ०७:३४ बजेसम्म, त्यसपछी औंसी ०५:२९ बजेसम्म, त्यसपछी प्रतिपदा
नक्षत्र : श्रवण ००:२२ बजेसम्म, त्यसपछी धनिष्ठा
योग : व्यतीपात १९:५५ बजेसम्म, त्यसपछी वरियान्
करण : शकुनि ०७:३४ बजेसम्म, त्यसपछी चतुष्पद १८:३३ बजेसम्म, त्यसपछी नाग ०५:२९ बजेसम्म, त्यसपछी किंस्तुघ्न
कार्यक्रमहरू : दर्शश्राद्ध, निशि बार्ने, हलो बार्ने
शुभ साइत : होम गर्ने साइत

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

सामाजिक तथा सार्वजनीक स्थानमा सम्मान तथा प्रशंसा हुनेछ । लक्ष्मीको कृपा रहनेछ । आफन्त तथा श्रीमातीबाट शुख प्राप्त हुनेछ । वाहन शुख प्राप्त हुनेछ । प्रिय मानिसको माया प्राप्त हुनेछ । बौद्धिक चर्चाम भाग लिने अवसर मिल्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

शारीरिक तथा मानसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । गरेको काम निर्धारित समयमा सकिने छ । बिरामी मानिसको स्वास्थ्यमा सुधार हुनेछ । ससुराली तर्फबाट शुभ समाचार मिल्नेछ । सहकर्मीको सहयोग प्राप्त हुनेछ । साथै रोकिएका काम पुरा हुनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

नयाँ कामको थालनीको लागि शुभ समय रहेको छ । पति तथा सन्तानको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने हुन्छ। चर्चा, विवादको क्रममा मान हानि हुने सम्भावाना रहेको छ । शारीरिक तथा मनाषिक रुपाम अस्वस्थ अनुभव गर्नु हुनेछ । उत्साहमा हामी आउने छ । विद्यार्थीहरुको लागि समय सामान्य रहेको छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईको दिन आनन्द तथा स्फूर्तिको कमि हुनेछ । मन उदासी हुनेछ । छाति तथा अन्य स्वास्थ्य समस्या हुनसक्छ । अनिन्द्राले सताउने छ । सार्वजनिक रुपमा स्वाभिमान भंग हुन सक्ने भएको हुँदा सचेत रहनु होला । खर्च बढ्ने छ । पनिबाट टाढै रहनु राम्रो हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

शारीरिक रुपमा स्वस्थ र स्फूर्तिको अनुभव गर्नु हुनेछ । साथीहरु संगको सम्बन्ध प्रगाड हुनेछ । आफन्त तथा साथि भाइसँग रमाइलो छोटो यात्रा हुनेछ । आर्थिक लाभ हुनेछ । प्रिय मित्रसँग भेट हुँदा मन प्रसन्न हुनेछ । भाग्य वृद्धिको हुने प्रवल सम्भावना रहेको छ । नयाँ काम थालानीको लागि अनकुल समय रहेको छ । संगीतमा विशेष रुची रहनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

परिवारमा शुख शान्ति छाउने छ। आफन्तसँग समय रमाइलोमा बित्नेछ। तपाईको मिठो बोलीको प्रभाव मानिसमा पर्नेछ । रमाइलो यात्राको योग रहेको छ । उत्तम भोजन हुनेछ। आयात-निर्यातको व्यवसायमा राम्रो साफलता मिल्नेछ । वाद विवादबाट टाढै रहनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

रचनात्मक शक्ति बढ्ने छ । सिर्जनात्मक क्षेत्रमा मन जानेछ । गहना, कपडा, मनोरन्जन र मनोरन्जनको साधनमा धन खर्च हुनेछ। आत्मविश्वास बढ्नेछ। जीवन साथि तथा प्रिय मित्रसँग समय रोमाञ्चक र रमाईलो हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

दिन मनोरंजनमा धन खर्च हुने रहेको छ । मानसिक चिन्ता तथा शारीरिक थकानको कारण चिन्ता बढ्ने छ । असंयमित बोलीको कारण विवादमा पर्न सकिन्छ । आफन्त तथा साथिसँग विवाद हुन सक्छ । सन्तान शुख मिल्ने छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

दिन लाभ दायक साबित हुनेछ । परिवारमा शुख शान्ति हुनेछ । प्रिय मित्रसंगको भेट स्मरणीय हुनेछ । प्रेमको शुखद क्षणको आनन्द लिन सक्नु हुनेछ । आम्दानीका स्रोतहरु बढ्नेछन्। उच्च अधिकारी र अग्रजहरुको कृपा हुनेछ। साथीहरु सँग रमाइलो यात्राको आयोजना गरिनेछ। उत्तम भोजन हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

व्यापारिक क्षेत्रमा लाभ हुनेछ । यात्राको लागि शुभ समय रहेको छ । सरकारी काममा सफलता पाउनुहुनेछ । उच्च अधिकारीले तपाईको कामको प्रसंसा गर्नेछन् । पदोन्नतिको संभावना बढ्नेछ। बुबाबाट लाभ हुनेछ। सन्तानको अध्यन नतिजाबाट खुशी मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

मन बिचलित हुनुको साथै थकानको महसुस हुनेछ। तर मानसिक स्वास्थ्यमा क्रमिक सुधार हुनेछ । शारीरिक स्फूर्ति अभाव हुनेछ । आपसी काममा उच्च अधिकारी रिसाउन सक्छन् । रमाइलोमा धन खर्च हुनेछ । लामो यात्रा हुनेछ । विदेशबाट समाचार मिल्नेछ । सन्तानको प्रस्नको कारण उल्झनमा परिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

स्वास्थ्यको विशेष धयान दिनुहोला । स्वास्थ्य उपचारमा धन खर्च हुनेछ । अचानक खर्च बढ्ने छन् । काममा समय प्रतिकुल हुने छैन । परिवारक सदस्यसँग विवाद हुनेछ । आकस्मिक धन लाभ हुँदा विभिन्न समस्याको समाधान हुनेछ । आध्यात्मिक तथा देश भक्तिको भावना आउनेछ ।

अर्को समाचार:

माघ २७ गतेको राशिफल : शनिबार यी ४ राशिमाथि हुनेछ शनिदेवको विशेष कृपा, मिल्नेछ धन-लाभ