कुम्भ राशिमा बन्यो खतरनाक षडाष्टक योग : यी राशि रहनुस् सतर्क, धन-हानिसँगै हुनेछ दुर्गति

काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार हरेक ग्रहले एक निश्चित समयावधिपछि राशि परिवर्तन गर्दछ। यस समयमा क्रूर देवता शनि आफ्नो मूल त्रिकोण राशि कुम्भ राशिमा विराजमान छन् र शनि यो पूरा वर्षभरी यहीँ राशिमा रहनेछ। यस्तो अवस्थामा कुनै न कुनै ग्रहसँग योग या दृष्टिगोचर हुँदा विभिन्न किसिमका शुभ र अशुभ योगको निर्माण हुन्छन्। त्यसैगरी केतु र शनिबाट षडाष्टक नामक अशुभ योगको निर्माण हुनेछ। पापी ग्रह केतु यस वर्षभरी मीन राशिमा विराजमान रहनेछ। यस्तोमा कुम्भ राशिमा आठौँ भावमा रहनेछ, जसले गर्दा यस अशुभ योगको निर्माण हुनेछ। यस अशुभ योगको निर्माणले धेरै राशिका व्यक्तिहरुको जीवनमा अशुभ परिणाम ल्याउन सक्छ। जानौँ, षडाष्टक योग बन्दा कुन – कुन राशिका मानिसहरुले सावधानी अपनाउनुपर्नेछ…

वृष राशि  : –

केतु र शनिको षडाष्टक योगले यस राशिका व्यक्तिहरूको स्वास्थ्यमा नराम्रो प्रभाव पार्न सक्छ। यसका साथै गाडी चलाउँदा अलि सावधानी अपनाउनु पर्ने हुन्छ । यसका साथै मानसिक तनावको सामना गर्नुपर्ने हुनसक्छ । यदि तपाई विदेशमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने विज्ञको सल्लाह लिएर मात्रै गर्नुहोस्, किनभने आर्थिक नोक्सानी बेहोर्नु पर्न सक्छ । यसका साथसाथै सम्बन्धमा अलि सजग रहनुहोस्, किनकि तपाईको सानो गल्तीले सम्बन्धमा दरार आउन सक्छ।

कुम्भ राशि : –

यस राशिमा केतु आठौँ भावमा छ र शनि लग्न भावमा विराजमान छ। यस्तो अवस्थामा षडाष्टक योगले यस राशिका मानिसहरूलाई केही कठिनाइहरू बढाउन सक्छ। तपाई पैसा बचत गर्न असफल हुन सक्छ। यसका साथसाथै आफ्नो क्रोधलाई अलिकति नियन्त्रण गर्ने प्रयास गर्नुहोस्, किनभने यसका कारण तपाईले ठूलो नोक्सान बेहोर्नु पर्न सक्छ। पैसाको मामिलामा अलि सावधान रहनुहोस्। आर्थिक हानिको सम्भावना रहेकोले कुनै पनि प्रकारको लेनदेन विचारपूर्वक गर्नुहोस्। यसका साथै अनावश्यक रूपमा कसैको बहसमा नपर्नुहोस्, यसले तपाईको काम बिग्रन सक्छ। अनावश्‍यक खर्चले सताउन सक्छ।

मीन राशि : –

केतु र शनिको षडाष्टक योग यस राशिका मानिसहरूका लागि अलि अप्ठ्यारो साबित हुन सक्छ। तपाई आफ्नो स्वास्थ्यको बारेमा थोरै चिन्तित हुन सक्नुहुन्छ। कानुनी मामिलाबाट टाढै रहनुहोला, ठुलो मुद्दा हार्न सक्नेछ । सवारी चलाउँदा सावधानी अपनाउनुहोस। यसका साथसाथै परिवारमा सद्भाव कायम राख्नुहोला, किनकि कुनै कारणले झगडा हुन सक्छ। यसका कारण घरको वातावरण गडबड हुन सक्छ र मानसिक तनावको सामना गर्नुपर्ने हुन सक्छ।

अर्को समाचार:

धन-वैभवका दाता शुक्रले ३ राशिमाथि वर्षाउनेछन् आफ्नो कृपा, प्रगतिसँगै हुनेछ प्रशस्त धन-लाभ