भदौ २९ गतेको राशिफल : ३ राशिलाई पर्नेछ समस्या, ५ राशिलाई मिल्नेछ शुभ परिणाम

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

घरमा लक्ष्मीको कृपा दृष्टि रहनेछ। विवाह गर्न उत्सुक व्यक्तिले जीवनसाथी प्राप्त गर्ने योग छ। सामाजिक रुपले प्रसिद्दि मिल्नेछ। व्यापारमा लाभ होला। स्वास्थ्य बिग्रन सक्ला। आफन्तसँग मतभेद खडा होला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

कुनै पनि प्रकार मानसिक भारबाट मुक्त हुनुहुनेछ। शारीरिक रुपले स्वास्थ्यमा असर पर्नेछ। पारिवारिक जीवनमा सुख-सन्तोष अनुभव  होला। मध्यान्नपछि नयाँ कार्य आयोजन गर्नुहुनेछ। व्यापारमा लाभ हुनेछ तथा श्रीमतीबाट लाभ होला। सामाजिक क्षेत्रमा प्रतिष्ठा वृद्दि हुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईको दिन मिश्र फलदायी रहला। स्वास्थ्यमा केहि उतार-चढाव आउला। व्यवसायिक स्थलमा उच्च अधिकारीको अप्रसन्नताको अनुभव होला। व्यवसायमा पद्दोन्नति हुने योग छ। सन्तानको विषयमा चिन्ता रहनेछ। ठुला व्यक्तिबाट आशिर्वाद प्राप्त होला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईको मन शान्त र प्रफुल्लित राख्नको लागि ईश्वरको नाम स्मरण र आध्यात्मिक पठनको प्रवृत्ति एकमात्र उपाय रहेको छ। शारीरिक स्वस्थता र मानसिक स्वस्थता प्राप्त होला। विदेश बस्ने आफन्तको समाचार प्राप्त होला।  कसैसँग वाद-विवाद वा उग्र चर्चा हुन सक्ला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

स्वास्थ्यको दृष्टिले तपाई प्रसन्न र आनन्दित रहनुहुन्छ। मित्र तथा आफन्तसँग घुमफिरको योजना बनाउनु हुन्छ। सामाजिक रुपले सम्मान प्राप्त होला। पारिवारिक विवादबाट बच्नको लागि बोलिमा ध्यान दिनुहोला। अधिक खर्च हुँदा आर्थिक कष्ट अनुभव होला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

तपाईको स्वभावमा केहि अधिक  संवेदनशिल रहला। कार्य सफलताले मानसिक रुपले तपाई प्रफुल्लित रहनुहुन्छ। शारीरिक र मानसिक रुपले प्रसन्नता अनुभव होला। तपाई प्रत्येक कार्य दृढ मनोबल र  आत्मविश्वासपुर्वक गर्नुहुन्छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

आफ्नो बौद्दिक शक्तिबाट लेखन कार्य र अन्य सिर्जनात्मक कार्य गर्न अगाडी बढ्नुहुनेछ। विचारमा शिघ्र परिवर्तन हुँदा मानसिक रुपले स्वस्थ रहनुहुन्न। आकस्मिक खर्च हुने योग छ। व्यवसायिक क्षेत्रमा सहकर्मीको सहयोग प्राप्त होला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

विधार्थीको लागि अनुकुल दिन छ। नयाँ वस्त्र किन्नुहुनेछ। आर्थिक योजना बनाउन सरल रहनेछ। मध्यान्नपछि वैचारिक स्थिरता रहनेछैन। नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन शुभ छ। नयाँ वस्त्र खरिद गर्न सक्नुहुन्छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

शारीरिक र मानसिक रुपले स्वस्थ रहनुहुन्छ। परिवारसँग यात्राको आयोजन गर्नुहुनेछ। मित्र र आफन्तसँग समय आनन्दपुर्वक सदुपयोग हुनेछ। मध्यान्नपछि शारीरिक र मानसिक रुपले निराश रहनुहुन्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

अधिक वाद-विवाद नगर्नुहोला। धार्मिक कार्य र उपासनामा पैसा हुन सक्छ। परिवारसँग मनमुटाव नहोस् यस कुराको ध्यान राख्नुहोला। भाग्य वृद्दि हुने योग छ। प्रिय व्यक्तिसँग मेलमिलाप हुँदा आनन्दित महसुस होला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

सांसारिक विषयभन्दा पनि आध्यात्मिक विषयतर्फ अधिक झुकाव रहनेछ। कुनै नकारात्मक भावनालाई महत्त्व नदिएर मानसिक रुपले स्वस्थ रहने प्रयत्न गर्नुहुनेछ। विधार्थीको पढाई-लेखाईमा अनुकुलता रहनेछ। घरायसी जीवन शान्तिपूर्ण  रहनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

पैसाको लेन-देनको समयमा सावधान रहनुहोला। कुनै पनि कार्यमा ढिलाई हुन सक्छ। मध्यान्नपछि शारीरिक र मानसिक स्वास्थ्यमा सुधार हुनेछ। विशेषगरी धार्मिक र आध्यात्मिक प्रवृत्ति तर्फ मन लागिरहनेछ।   पारिवारिक वातावरण आनन्दमय रहला।

अर्को समाचार:

भोलि भदौ ३० गतेको राशिफल : शनिबार यी ४ राशिलाई छ अनुकूल, वर्षिनेछ अपार कृपा