केही दिनमा वैशाख महिना लाग्दै, जान्नुहोस् यस महिनाको दान,पूजा विधि-नियमहरू!

अबको केही दिनपछि वैशाख महिना सुरु हुँदैछ। धार्मिक दृष्टिले पनि वैशाख महिनाको महत्त्व धेरै रहेको छ। यो महिनाभर मानिसहरूले भगवान श्रीहरिको पूजा गर्छन्। त्यसैले यो महिनालाई माधव महिना पनि भनिन्छ।

विशेषगरी वैशाख शुक्ल पूर्णिमामा वास्तु दोष निवारणका लागि गृहप्रवेश, गृह पुजा, किनमेल जस्ता शुभ कार्य गर्न सकिन्छ। यस दिन कुनै पनि नदीमा नुहाउन जान नसकेमा घरको पानीमा गंगाको जल मिसाएर नुहाउनु उत्तम हुन्छ। धार्मिक मान्यता अनुसार चैत्र पूर्णिमापछि वैशाख महिना सुरु हुन्छ, यो महिना श्रीविष्णुको पूजा–आराधनाका लागि विशेष मानिन्छ। जान्नुहोस् वैशाख महिनाको महत्त्व-

वैशाख महिनाको दान

वैशाख महिनामा गाईलाई खानेकुरा र घाँस वा चारा दान गर्नुपर्छ। वैशाखमा व्रत बसेर साँझ सत्यनारायणको कथा सुनेर प्रसाद ग्रहण गर्नुपर्छ। यस दिन व्रत राखी भगवान श्री विष्णुको पूजा गरी अन्न दान गर्नुहोस्।

महिनामा पञ्चधनको अन्न, वस्त्र, पञ्चमेवा, श्रृंगारका सामान, सत्तु, काक्रो, खरबुजा, घिउ, पीठो, नुन, सखर, तेल, चिनी आदि दान गर्दा लाभ हुन्छ। यस महिनामा जल दान पुण्य मानिने भएकाले बाटोमा हिड्ने मानिसलाई पानी दान गर्नु शुभ मानिन्छ।

पूजा विधि

वैशाख महिनामा तुलसी र पीपलको रूखको पूजा गर्नुहोस्। वैशाख महिनामा तुलसीको पातले माधव स्वरूपमा भगवान विष्णुको पूजा गर्नुहोस्।
पूजाको समयमा सेतो वा पहेंलो फूल चढाउनुहोस्। यो महिना दिनमा कम्तीमा ११ पटक ‘ॐ माधवाय नमः’ मन्त्रको जप गर्नुहोस्। पूजाका साथ-साथै भगवान विष्णुको केशव, हरि, गोविन्द, त्रिविक्रम, पद्मनाभ, मधुसूदन, अच्युत र ऋषिकेशको नामको जप गर्नुहोस्।

साथै यस महिना सूर्य भगवानलाई तामाको भाँडोमा जल चढाउँदा पाप नष्ट हुन्छ। तुलसीको पात जोडेर श्रीविष्णुलाई पञ्चामृत अर्पण गर्नुहोस्। साथै यस महिनामा भगवान नरसिंह, भगवान चित्रगुप्त, भगवान शिवको पनि पूजा गर्नुहोस्।

वैशाख महिनाको नियम

वैशाख महिनामा तेल लगाउन निषेध गरिएको छ। वैशाखमा गंगा स्नान र दान गर्नुपर्छ। वैशाखमा तेल र भुटेको चीजहरू नखानु स्वास्थ्यको लागि राम्रो हुन्छ। वैशाख महिनामा खाना एकै समयमा लिनुपर्छ र रातमा खाना नखानु शुभ मानिन्छ।  जीवनका दु:खबाट मुक्ति पाउन भगवान श्री विष्णु र भगवान परशुरामको पूजा गर्ने जनविश्वास छ। वैशाख महिनाभर भुईँमा सुत्नु शुभ मानिन्छ।

अर्को समाचार:

“सेप्टेम्बर” महिनाभर पैसाको खोला बग्नेछ यी ४ राशिको जीवनमा, रहनेछ लक्ष्मी माताको कृपा