नयाँ वर्षको पहिलो दिन सूर्य देवको राशि परिवर्तन, ४ राशि ३० दिनसम्म रहनुहोस् सावधान !

ज्योतिष शास्त्रका अनुसार ग्रहको राजा सूर्य हरेक महिना एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछ। सूर्यको राशि परिवर्तनले सबै १२ राशिहरूमा प्रभाव पार्छ। अब सूर्य १४ अप्रिल १४:४२ मा मेष राशिमा प्रवेश गर्नेछ। सूर्यको मंगल ग्रहको राशि मेषमा प्रवेशले केही राशिका व्यक्तिहरूलाई विशेष लाभ मिल्नेछ भने केही राशिका व्यक्तिहरूले सावधानी अपनाउनु पर्ने देखिन्छ। आउनुहोस्, मेष राशिमा सूर्यको गोचरले कुन चार राशिलाई अशुभ प्रभाव पार्छ? जान्नुहोस्….

वृष राशि  

सूर्य वृष राशिको चौथो घरको स्वामी हो र वृष राशिका सूर्य बाह्रौँ घरबाट गोचर गर्दैछ। यहाँ बाह्रौँ घर हानि र चौथो घर सुरक्षासँग सम्बन्धित छ। बाह्रौँ भावमा रहेको सूर्यले धेरै समस्या र आर्थिक हानि ल्याउँछ। वृष राशिका व्यक्तिहरूले आफ्नो दैनिक कार्यमा असफलता र ढिलाइको अनुभव गर्न सक्छन्। मेष राशिमा सूर्यको यो गोचर धेरै उत्साहजनक नहुन सक्छ र काममा इच्छित परिणामहरू प्राप्त गर्न थप बाधाहरू सामना गर्न सक्छन्। कतिपयले आफ्नो जागिर गुमाउनु पर्न सक्छ।

कर्कट राशि  

कर्कट राशिका लागि सूर्य दोस्रो घरको स्वामी हो र दसौँ घरमा गोचर गर्दैछ। दोस्रो घर कमाई र परिवारको घर हो। अर्कोतर्फ १० औँ घरले क्यारियर र मालिक वा उच्च अधिकारीहरूलाई प्रतिनिधित्व गर्दछ। दसैँ घरबाट दोस्रो घरको स्वामीको गोचर राम्रो गोचर हो तर राहुको उपस्थितिले केही अप्ठ्यारो बनाउन सक्छ किनकि राहु र सूर्यको साथले यस राशिकालाई विचलित बनाउन सक्छ। कार्यस्थलमा आत्मविश्वास र आत्मसम्मानको कमी पनि हुन सक्छ। अनावश्यक विवाद र कुनै सरोकार नभएका मुद्दाहरूमा फसिन सक्छ।

मकर राशि  

मकर राशिका लागि सूर्य आठौँ घरको स्वामी हो, जसका कारण यसले नकारात्मक प्रभाव पार्छ र त्यसपछि यो राहुसँगै चौथो घरबाट रहनेछ। यदि तपाई व्यवसायी हुनुहुन्छ भने यो गोचरको समयमा केही नयाँ काम सुरु नगर्न र यस समयमा ठूलो रकम लगानी गर्नबाट जोगिन सल्लाह दिइन्छ। यस समयमा तपाईं आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनमा चलिरहेको समयबाट धेरै असन्तुष्ट महसुस गर्नुहुनेछ। परिवारसँग मनमुटाब हुन सक्छ र यस समयमा घरमा अशान्तिको वातावरण बन्न सक्छ। आमासँगको सम्बन्ध पनि बिग्रन सक्छ।

कन्या राशि  

कन्या राशिका लागि सूर्य १२ औँ घरको स्वामी हो। यस समयमा सूर्य कन्या राशिको आठौँ घरमा गोचर हुनेछ। १२ औँ घरले व्यय र नोक्सानलाई जनाउँछ र आठौँ घरले परिवर्तन र बाधाहरूलाई जनाउँछ र यस समयमा कन्या राशिमा राहुको उपस्थिति राम्रो छैन। सूर्य र राहुले चिन्तित तुल्याउनेछ र यो गोचरले तपाईको खर्च बढ्न सक्छ। व्यावसायिक जीवन पनि यस अवधिमा अस्थिर हुन सक्छ किनकि काममा धेरै ध्यान दिन सक्नुहुन्न र काममा गल्ती हुन सक्छ, जसको परिणाम मानहानि हुन सक्छ। यस समयमा कन्या राशिका व्यक्तिले जागिर पनि गुमाउन सक्छन्।

अर्को समाचार:

साप्ताहिक राशिफल : भदौ २२ गतेसम्मका तपाईका दिन शुभ-अशुभ कस्तो रहला ?