आज हुमान जन्मजयन्ती यी ४ राशिलाई हुनेछ अत्यन्तै शुभ फलदायी !

काठमाडौँ : – भगवान हनुमानको जन्म चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमामा भएको थियो। आज देशभर हनुमानको जन्मजयन्ती मनाइँदैछ। कलियुगमा हनुमानजी एकमात्र जीवित देवता हुनुहुन्छ, जसले भौतिक रूपमा यस पृथ्वीमा विचरण गरेर आफ्ना भक्तहरूको हरेक मनोकामना पूरा गर्नुहुन्छ।

यदि तपाईको जीवनमा धेरै समस्या या सङ्कटहरु छन् भने हनुमानजीको पूजा गर्नाले सबै प्रकारका समस्याहरुबाट समाधान मिल्छ। यसका साथै हनुमानजीको पूजा गर्नाले ग्रह दोषबाट पनि मुक्ति मिल्छ। यो वर्ष हनुमान जयन्ती चैत्र २३ गते बिहिबारको दिन परेको छ। यो महिना र आउँदो महिना यी ४ राशिहरुमा हनुमानजीको विशेष कृपा रहनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

रामभक्त हनुमान जीको कृपाले मेष राशिका लागि चैत्र र वैशाख महिना विशेष रहनेछ। यी महिना तपाईको राशिमा तीन ग्रह रहनेछन्। यस्तो अवस्थामा यी सबैबाट लाभ मिल्नेछ। साथै यी महिनामा अचानक धन प्राप्तिको सम्भावना छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका लागि यी महिना विशेष रहनेछ। हनुमानजीको कृपाले चैत्र र बैशाख महिना हर्षोल्लासमय रहनेछ। तपाईको आत्मविश्वास बढ्नेछ। लामो समयदेखि अधुरा रहेका कामहरु पुरा हुनेछन्। यी महिना नोकरी र व्यापारमा राम्रो अवसर मिल्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका व्यक्तिहरुलाई सङ्कटमोचन हनुमानको विशेष कृपा मिल्नेछ। यसका साथै यस महिनामा धेरै ग्रहहरु गोचर गरिरहेका छन्, जसको फाइदा तपाईलाई मिल्नेछ। करियरमा प्रगति हुनेछ र आर्थिक अवस्था बलियो हुनेछ। यसका साथै पदोन्नतिको सम्भावना पनि छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका मानिसहरूमा हनुमानजीको आशीर्वाद सधैं रहिरहन्छ। अर्कोतिर सबै ग्रहको स्थिति वृश्चिक राशिका लागि अनुकूल रहनेछ। यस कारण तपाईलाई धन-लाभ हुनेछ। शिक्षामा सफलता मिल्नेछ र जागिरमा पनि प्रगतिको योग देखिन्छ।

अर्को समाचार:

चैत २४ गतेको राशिफल: शुक्रबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल!