साताको अशुभ राशि: यस साता ४ राशिका व्यक्ति रहनुहोस् सावधान, कुन-कुन राशि ?

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन- कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सुरुका तीन दिन त्यति राम्रा छैनन्। बन्नुपर्ने कामहरू त्यसै थाती रहलान्। मङ्गलबार बेलुकीदेखि केही प्रगति भए पनि स्वास्थ्यसम्बन्धी समस्याको सामना गर्नु पर्ला। व्यावसायिक कामबाट भने गतिलै लाभ लिन सक्नुहुनेछ। शनिश्चरको सेवा गरिरहनुहोस्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

त्यति राम्रो समय छैन। गोडामा कष्टको अनुभव भइरहला। शनिबारको दिन बिहानै पीपलमा जल चढाउनुहोस्। अल्झेका कामहरू बुधबारदेखि मात्र बन्न सक्छन्। परिवारबाट पाउनुपर्ने सहयोगमा भने त्यति कमी हुनेछैन। पढ्न र लेखनमा बढी समय दिनुहोस्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

स्वास्थ्यसम्बन्धी सानोतिनो समस्या परेर पूर्वाद्र्धमा केही काम बिग्रे पनि उत्तराद्र्ध राम्रो खालको छ। पुराना बाँकी रहेका काम बन्नेछन्। पढाइमा भएको शिथिलता घट्ने क्रममा जाला। बौद्धिकस्तर बिस्तारै परिमार्जित हुँदै आएको छ। जागिरमा धेरै समस्या आउनेछन्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

अलि–अलि काम बने पनि मनमा सन्तोष हुनेछैन। बाधा दिने धेरै छन् । सहयोग गर्नेको सङ्ख्या अत्यन्त न्यून छ। स्वास्थ्य पूरा सग्लो हुनेछैन। गणेशको दर्शन गर्न थालिहाल्नुहोस्। बुधबारको दिनमा भने अलिकति सन्तोष हुने काम होला।

अर्को समाचार:

साताको शुभ राशि: यस साता ५ राशिमा हुनेछ माता लक्ष्मीको कृपा दृष्टि, हुनेछ शुभै-शुभ !