साताको शुभ राशि: यस साता ५ राशिमा हुनेछ माता लक्ष्मीको कृपा दृष्टि, हुनेछ शुभै-शुभ !

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ ?

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

खर्च बढे पनि महत्वपूर्ण काममा प्रगति हुनाले मनमा प्रसन्नता नै होला। विशेष गरी व्यापारसँग सम्बन्धित नयाँ काममा लगानी हुन सक्छ। मद्दत गर्ने मित्रहरू भेट्टाउनुहुनेछ। शिक्षाको क्षेत्रमा भने अझैँ पनि प्रगति हुनुपर्ने बेला आएको छैन। बगलामुखीको दर्शन गरिरहनुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

साता राम्रो खालको छ । बाँकी रहेका धेरै काम बन्नेछन्। पढाइमा भने त्यति प्रगति देखिन्न। मित्रहरू पनि खर्च गराउने खालका भएकाले ठूलो मद्दत प्राप्त हुने आशा नगर्नुहोस्। व्यावसायिक कामबाट भने राम्रै फाइदा लिन सक्नुहुनेछ। जागिरतिरको अवस्था हाल सामान्य खालको मात्र छ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मङ्गलबारसम्मका दिन राम्रा खालका छन्। आंशिक रूपमा भए पनि कामहरू बन्ने नै देखिन्छ। बुधबार र बिहीबार भने समस्या थप्ने खालका छन् । शुक्रबारका दिन कुनै गतिलो समाचार सुन्न पाउनुहुनेछ । सूर्यको दर्शन गरिरहनुहोस् ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

राम्रो खालको साता छ। सुरुमै भोजभतेर पर्नेछन्। मनोरञ्जन गर्न पनि सञ्चित धनको खर्च नै हुनेछ। केही महत्त्वपूर्ण काममा प्रगति भएको सुन्न पाउनुहुनेछ तर कार्यरूपमा परिणत हुन भने अझैँ पर्खनु पर्ला । शिक्षाको क्षेत्रमा गतिलै उपलब्धि हुन सक्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

शनिबारको दिनमा बढी खर्च भए पनि आइतबारदेखिका दिन राम्रा खालका छन्। खर्च गरेअनुसार केही काम पनि बन्नेछन्। विशेष गरेर व्यवसायको क्षेत्रमा यतिखेर राम्रो छ। पढ्न र लेख्नमा बढी समय दिनुहोस्। राम्रो रचनाको सिर्जनासमेत हुनेछ।

अर्को समाचार:

अबको केही दिनमा नयाँ वर्ष सुरु हुँदै, नयाँ वर्षमा ४ राशि हुनेछन् भाग्यमानी साबित!