बुधबार गरिएका यस्ता कार्यले मिल्नेछ भगवान गणेशको आजीवन कृपा !

हिन्दू धर्ममा गणेशलाई पहिलो पूज्य देव मानिन्छ। गणेशको नाममा कुनै शुभ कार्य प्रारम्भ गर्नाले व्यक्तिको सबै कार्य सहज रुपमा सम्पन्न हुने मान्यता छ। भगवान गणेशको पूजा आराधना गर्नाले हरेक काम शुभ हुने जनविश्वास छ।

बुधवार गणेशको पूजा गर्नाले मानिसलाई धन र अन्नको प्राप्ति हुन्छ। यसका साथसाथै भक्तजनको मनोकामना पनि पूरा हुन्छ। गणेशको पूजा गरेपछि आरती राम्ररी गरिएन भने पूजाको पूर्ण फल प्राप्त नहुने जनविश्वास छ। आरती गरेमा भगवान प्रसन्न हुने र घरमा सदैव सुख शान्ति रहने भनिन्छ।

ज्योतिष शास्त्र अनुसार गणेशको पूजा गर्नाले नकारात्मक शक्ति नष्ट हुन्छ। गणेशलाई बुद्धिको दाता पनि भनिन्छ। गणेशजीको आरती गर्नाले बुद्धि पनि प्राप्त हुने जनाइएको छ। काममा सफलता प्राप्त गर्न र राम्रो बुद्धि प्राप्त गर्न गणेशको आरती गर्नु शुभ मानिन्छ।

भगवान गणेशको आरती

जय गणेश जय गणेश जय गणेश देवा। माता जाकी पार्वती पिता महादेवा।। एकदंत दयावंत चार भुजा धारी। माथे पर तिलक सोहे मूसे की सवारी।। पान चढ़े फूल चढ़े और चढ़े मेवा। लड्डू के भोग लगे संत करें सेवा।। जय गणेश जय गणेश जय गणेश देवा। माता जाकी पार्वती पिता महादेवा।।
अंधे को आंख देत कोढिन को काया। बांझन को पुत्र देत निर्धन को माया।। ?सूर? श्याम शरण आए सफल कीजे सेवा। माता जाकी पार्वती पिता महादेवा।। जय गणेश जय गणेश जय गणेश देवा। माता जाकी पार्वती पिता महादेवा।।

अर्को समाचार:

आगामी अप्रिल महिना धनवान बन्नेछन् यी ४ राशिका व्यक्ति, हुनेछ लक्ष्मी माताको कृपा !