आगामी अप्रिल महिना धनवान बन्नेछन् यी ४ राशिका व्यक्ति, हुनेछ लक्ष्मी माताको कृपा !

सबैलाई आफ्नो भविष्य जान्न मन पर्छ। ज्योतिष शास्त्रले भविष्यको बारेमा धेरै हदसम्म बताउँछ। आकाशगङ्गास्थित ९ ग्रह र नक्षत्रहरुले आफ्नो स्थान परिवर्तन गर्दा त्यसको प्रभाव सम्पूर्ण १२ वटै राशिहरुमा पर्छ। आउँदो अङ्ग्रेजी महिना अप्रिलमा सबै ९ ग्रहहरुले आफ्नो स्थिति परिवर्तन गर्दैछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका जातकलाई अप्रिल महिना फलदायी साबित हुनेछ। ९ ग्रहहरुका गोचरले यिनलाई आर्थिक र व्यवसायिक क्षेत्रमा लाभ दिनेछ। आर्थिक स्थिति बलियो बनाउनेछ। जागिरमा बढुवा हुन् सक्छ। व्यापार विस्तार हुनेछ। नयाँ व्यापार सुरु गर्ने सोचमा हुनुहुन्छ भने यो अनुकूल समय हो। बेरोजगारले रोजगारी पाउनेछन्। भौतिक सुखसुविधामा वृद्धि हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

ग्रहहरुका राशिमा आउने परिवर्तनले वृष राशिका जातकमा राजयोग बन्नेछ। यस समयावधिमा तपाईलाई चौतर्फी धन लाभ हुनेछ। धन कमाउने नयाँ अवसरहरु पाउनुहुनेछ। मेहनतको उचित फल प्राप्त गर्नुहुनेछ। पुराना मित्र एवं आफन्तको सहयोग पाउनुहुनेछ। वैदेशिक यात्रा हुन सक्छ। व्यापारमा लाभ हुनेछ। काममा आम्दानी बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

ग्रहहरुका राशि परिवर्तनले मिथुन राशिमा राजयोग बन्नेछ। व्यापार र जागिरमा प्रगति हुनेछ। समाजमा मान-सम्मान बढ्नेछ। पुराना रोकिएका कामहरु पुरा हुनेछन्। धन आर्जन हुनेछ। व्यापारमा दोब्बर लाभ हुनेछ। यदि तपाई कतै पैसा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो उत्तम समय हो। कुनै शुभ कार्यको लागि यात्राको अवसर छ। प्रेम सम्बन्धको मामिलामा सफलता मिल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

ग्रहहरुका राशि परिवर्तनले धनु राशिको कुण्डलीमा राजयोग बन्नेछ। यो महिना तपाईको लागि खुसीले भरिपूर्ण रहनेछ। कुनै शुभ समाचार प्राप्त गर्नुहुनेछ। सन्तानको सुख मिल्नेछ। परिवारमा हाँसो र खुशीको वातावरण रहनेछ। भाग्यले तपाईलाई हरेक मोडमा साथ दिनेछ। सरकारी जागिर खोज्नेहरूका लागि यो समय राम्रो छ। धनु राशिका व्यक्तिहरूले शनिको साढेसातीबाट मुक्ति पाउने भएकोले अप्रिल पछिका दिनहरु पनि सुखद् रहनेछ।

अर्को समाचार:

आजबाट सुरु भयो चैत्र नवरात्रि, भुलेर पनि नगर्नुहोस् यस्ता कार्य !