कतिपय व्यक्तिहरू यति सीधा हुन्छन् की असल र नराम्रो व्यक्तिहरू बिचको फरक छुट्टाउन सक्दैनन्। केही राशिका व्यक्ति यति निर्दोष हुन्छन् की सबैलाई आफू जस्तै निर्दोष सोच्ने गर्छन्। मान्छे भित्र लुकेको नराम्रो पनलाई देखेर पनि हरेक परिस्थितिको बारेमा सधैँ सकारात्मक सोच्ने गर्छन्। यस्ता मनिहरुलाई अरुले सजिलै झूट र छलको जालमा फसाउने प्रयास गर्छन्। यस पोस्ट मार्फत यस्ता राशिहरूको बारेमा बताउने छौँ। जो आफ्नो असल स्वभावको कारणले अरूको जालमा सधैँ फस्ने गर्दछन्।
मेष राशि
यस राशिका मानिसहरू बच्चाहरू जस्तै निर्दोष हुन्छन्। मेष राशिका व्यक्तिहरू सबैको बारेमा सकारात्मक सोच्छन्। उनी सधैँ मानिसहरूमा राम्रो देख्न व्यस्त हुने भएकाले उनी विरुद्ध रचेका नकारात्मक योजनाहरूको बारे जान्दैनन्।
कर्कट राशि
यो राशिका मानिस मिठास र संवेदनशील स्वभावका हुन्छन्। कर्कट राशिका मानिसहरूले प्राय अरूको सम्मान गर्ने प्रयास गर्छन्। कर्कट राशिका व्यक्ति सबैलाई आफू जस्तै कमजोर ठान्छन् र अरूलाई चोट पुर्याउने बारे सोच्दैनन्। यस राशिका व्यक्तिको यस्तो स्वभाव देखेर मानिसहरू यस राशिका व्यक्तिलाई फसाउने प्रयास गर्छन्।
सिंह राशि
सिंह राशिका मानिसहरू जतिसुकै समस्यामा परे पनि उनीहरूलाई कसैलाई दुःख दिन चाहँदैनन्। सिंह राशिका मानिसहरू धेरै सफा मनका हुन्छन्, उनीहरू सबैलाई आफ्नो जस्तै सफा र राम्रो स्वभावको मान्छन्। यस स्वभावका कारण सिंह राशिका मानिसहरू सजिलै फस्छन्।
कुम्भ राशि
कुम्भ राशिका मानिस सधैँ रचनात्मकता र कल्पना शक्तिको दुनियाँमा हराउँछन्। यस राशिका व्यक्ति विश्वास गर्छन् कि तिनीहरूका नजिकका मानिसहरूले उनीहरूलाई कहिल्यै धोका दिँदैनन् किन भने यस राशिका व्यक्ति साँचो र निर्दोष मनसायका हुन्छन्।