फागुन ६ गते शनिबार शिवरात्रि पर्व मनाइनेछ। यस पटक महाशिवरात्रिमा अद्भुत संयोग बनिरहेको छ। भगवान भोलेनाथ अर्थात् शिवसँग जोडिएको यो महापर्व अघि दुई ठूला ग्रहको चाल परिवर्तन भएको छ। पहिलो फेब्रुअरी १३ मा देवताहरूका राजा सूर्य कुम्भ राशिमा प्रवेश गरेका छन् भने फागुन ३ गते शुक्रदेव मीन राशिमा प्रवेश गरेका छन्।
यस्तो अवस्थामा महाशिवरात्रिअघि यी दुई प्रमुख ग्रहको राशि परिवर्तनलाई निकै महत्त्वपूर्ण मानिन्छ। महाशिवरात्रिअघि ग्रहहरुको यो चलनले केही राशिका लागि शुभ दिन सुरु हुने सङ्केत गरिरहेको छ। जान्नुहोस् कुन-कुन राशि?
मिथुन राशि
ज्योतिष शास्त्र अनुसार महाशिवरात्रिदेखि मिथुन राशिका व्यक्तिलाई भाग्यको पूर्ण सहयोग मिल्नेछ। शुभ फल मिल्नेछ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। रोजगारीमा प्रगति हुनेछ। कार्यालयमा कामको प्रशंसा हुनेछ। साथ-साथै हिम्मत र बहादुरीमा वृद्धि हुनुका साथै मान सम्मानमा वृद्धि हुनेछ। सम्बन्धको कुरा गर्दा दाम्पत्य जीवन पनि सुखद रहनेछ। समग्रमा भगवान शिवको कृपाले मिथुन राशिका व्यक्तिलाई शुभ फलदायी हुनेछ।
सिंह राशि
महाशिवरात्रिबाट सिंह राशिको लागि शुभ दिन सुरु हुनेछ। त्यसैले सिंह राशिका व्यक्तिहरुको नोकरी र व्यवसायमा उन्नतिको सम्भावना रहेको छ। सबै योजना सफल हुनेछन्। सिंह राशिका व्यक्तिले यस समयमा खुसीको खबर पाउनेछन्। यस समयमा आर्थिक वर्षमा तपाईको बढुवा र वृद्धि हुने सम्भावना छ।
धनु राशि
धनु राशि व्यक्तिलाई महाशिवरात्रिबाट शुभ दिन सुरु हुनेछ। सही समयमा सही निर्णय लिएमा धन आगमन बढ्ने छ। अर्थात् पैसा लेनदेनका लागि समय अनुकूल रहनेछ। ऋणमा फसेको पैसा पनि पाउन सकिन्छ। लगानीका लागि पनि समय राम्रो छ। आम्दानीका स्रोतहरू बढ्ने देखिन्छ। समाजमा मान प्रतिष्ठा बढ्नेछ।
कुम्भ राशि
महाशिवरात्रि पर्वले कुम्भ राशिका मानिसहरुको भाग्य उज्यालो बनाउन सक्छ। महाशिवरात्रिबाट हरेक काममा सफलता मिल्नेछ। कुम्भ राशिका व्यक्तिहरुलाई आकस्मिक आर्थिक लाभ हुने सम्भावना छ। खर्चमा नियन्त्रण बढ्नेछ। राम्रो कामको प्रस्ताव पनि पाउन सक्नुहुन्छ।