आज परेको छ विजय एकादशी, आज अवश्य गर्नुहोस् यस्ता काम !

पौराणिक मान्यता अनुसार एक वर्षमा २४ वटा एकादशी हुन्छन्। वर्षभरि मनाइने यी एकादशीको आ–आफ्नै महत्त्व हुन्छ। फाल्गुन महिनाको अन्तिममा पर्ने कृष्ण पक्षको एकादशीलाई विजया एकादशी भनिन्छ। यस वर्ष विजया एकादशी फागुन ४ गते बिहीबार मनाइँदैछ। विजया एकादशीका दिन कुनै पनि नयाँ कार्य प्रारम्भ गरेमा निकै शुभ र फलदायी हुने जनविश्वास रहेको छ।

यस दिन सुरु गरिएको कुनै पनि काम भगवान विष्णुको कृपाले बिना बाधा पूरा हुने मान्यता रहेको छ। ज्योतिष पण्डित प्रदीप पाण्डेका अनुसार यस पटक विजया एकादशीका दिन तीन वटा ठूला शुभ योग बनिरहेका छन्। यस लेखमा विजया एकादशीको महत्त्व र शुभ योग जान्नुहोस्….

फागुन कृष्ण एकादशीका दिन विजया एकादशीको व्रत बसिन्छ। फाल्गुन कृष्ण एकादशी फागुन ४ गते बिहान ५ः३२ बजेदेखि सुरु भई ५ गते बिहान   २ः४९ बजे समापन हुनेछ। उदय तिथिका कारण विजया एकादशीको व्रत फागुन ४ गते मात्रै मनाइनेछ।

दानको महत्त्व विजया एकादशी व्रतसँग पनि जोडिएको छ। यस एकादशीको व्रतमा बस्नाले सुन दान, भूमि दान, अन्न दान र गाई दानभन्दा पनि पुण्य प्राप्त हुने जनविश्वास रहेको छ। जीवनमा दानको प्रभाव यस्तो हुन्छ कि यसले अतुलनीय पुण्य दिन्छ।

दान गर्दा यस्ता कुरामा विशेष ध्यान दिनुहोस्

कुनै पनि दबाबमा दान दिनु हुँदैन। दान  गरिएका वस्तुहरू राम्रो गुणस्तरको हुनुपर्छ। अयोग्य व्यक्तिलाई कहिल्यै दान दिनु हुँदैन। दानमा मासु, रक्सी आदि कहिल्यै नदिनुहोस्। कुण्डलीमा महत्त्वपूर्ण हुने ग्रह सम्बन्धी बस्तु कहिल्यै दान नगर्नुहोस्। दान गर्दा सधैँ ध्यान राख्नुहोस् कि यो चीज भगवानले दिएको हो र म यो सेवा वा दान भगवानको नममा मात्र गर्दै छु।यी कुरालाई ध्यानमा राखेर दान गरे धन, ऐश्वर्य र समृद्धि प्राप्त हुने जनविश्वास छ।

अर्को समाचार:

बुधबार गरिएका यस्ता कार्यले मिल्नेछ भगवान गणेशको आजीवन कृपा !