बन्दैछ ‘अष्टलक्ष्मी राजयोग’ यी राशिलाई मिल्नेछ माता लक्ष्मीको कृपा !

ग्रह र नक्षत्रहरूले निश्चित अवधिमा आफ्नो राशि चक्र र चाल परिवर्तन गर्दछ। जसको असर हाम्रो दैनिक जीवनमा पनि देखिन्छ। ग्रहहरुको शुभ स्थितिले कहिले शुभ फल दिने गर्छ त कहिले अशुभ स्थितिले अशुभ फल दिने गर्छ। २२ मार्चमा शुक्र ग्रह वृश्चिक राशिमा प्रवेश गर्नेछ। यस्तो अवस्थामा यस ग्रहको परिवर्तनले ‘अष्टलक्ष्मी महायोग’ बन्नेछ। यो योगले अधिकतम तीन राशिलाई प्रभावित गर्नेछ। यस अवधिमा यी तीन राशिका व्यक्तिहरू भाग्यशाली रहनेछन् र आर्थिक लाभ हुनेछ।

कुम्भ शुक्र

कुम्भ राशिका व्यक्तिहरूलाई अष्टलक्ष्मी योगको यस अवधिमा आर्थिक लाभ प्राप्त हुनेछ। कार्यस्थलमा शुभ समाचार सुन्न पाइनेछ। यस समयमा कुम्भ राशिका व्यक्तिको आम्दानीको स्रोत बन्नेछ। यस अवधिमा गरिएका काममा सफलता मिल्नेछ।

मीन राशि

मीन राशिका व्यक्तिहरुका लागि पनि अष्टलक्ष्मी योगले शुभ संयोग ल्याउनेछ। अष्टलक्ष्मी योगको यो अवधिमा भाग्यले साथ दिनेछ। वैवाहिक जीवनसाथी खोज्नेलाई सफलता मिल्नेछ।

मकर शुक्र

मकर राशिका व्यक्तिहरूलाई यस अवधिमा प्रगतिको सम्भावना छ। व्यापार व्यावसायमा संलग्न व्यक्तिले लाभ मिल्नेछ। यस राशिका मानिसहरूलाई आर्थिक अवस्था बलियो हुनेछ। मान सम्मानमा वृद्धि हुने सम्भावना छ।

अर्को समाचार:

भोलि फागुन ४ गते बिहीबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल!