मासिक राशिफल: फागुन महिना कस्तो रहला दिन, हेर्नुहोस् मासिक राशिफल!

आजबाट फागुन महिना सुरु भएको छ। माघ महिनामा केही ठूला ग्रहहरुले राशि परिवर्तन हुनेछ। ग्रह-नक्षत्र परिवर्तनको कारण मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। ज्योतिष शास्त्रका अनुसार फागुन महिना केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। फागुन महिनामा कुन-कुन राशिले शुभ या अशुभ परिणाम प्राप्त होला। पढ्नुहोस् मेष देखि मीन राशिसम्मको अवस्था….

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि फागुन महिना राम्रो फल मिल्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। लामाे समयदेखि राेकिएका काम सम्पादन हुनेछन्। नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। नयाँ कामसमेत थालनी हुनेछ। व्यापार बढ्नेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थान प्राप्त हुने बलियाे सम्भावना देखिन्छ। अध्ययनमा प्रगति हुनेछ। मेहनतले सम्मानित अवसरसमेत दिलाउन सक्छ। याँ लगानी र आर्थिक वृद्धि हुने देखिन्छ। वैदेशिक यात्राको योग पनि बन्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

फागुन महिनामा सामाजिक मान प्रतिष्ठा प्राप्त हुनेछ। अधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउन सक्छ। कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। जीवनशैलीमा परिवर्तन आउनेछ। महिनाको अन्त्यमा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउन सक्छ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका लागि फागुन महिनामा त्यति राम्रो नरहला। यो महिना केही संघर्षमय रहनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ। कमाई भन्दा खर्च अधिक रहनेछ। स्वास्थ्य कमजोर रहनेछ। याँ व्यवसायतर्फ लगानी गर्न केही समय पर्खनुहाेला।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

यस राशिका लागि फागुन महिना समग्रमा सकारात्मक महिना रहने देखिन्छ। पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन्। पतिपत्नीबीच मतभेद देखिनाले घर–गृहस्थी केही अशान्त रहनेछ। व्यापार व्यवसायबाट आम्दानी हुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। प्रेम तथा मित्रताको बन्धन प्रगाढ हुनेछ। सरकारी कामकाजमा विलम्ब हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका मानिसका लागि यो महिना शुभ नै रहनेछ। नयाँ अवसर प्राप्त हुनाले महिना उत्साहवर्धक रहनेछ। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। तारिफयोग्य काम गर्दै नयाँ जिम्मेवारी हातपार्न सकिनेछ। अहिले गरेको कामले भविष्यमा पनि राम्रो प्रतिफल दिने सम्भावना रहेको छ। आत्मबल निकै उच्च रहेनछ। शत्रु र रोगबाट पनि छुटकारा मिल्न सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

महिना मिश्रित रहला। तुला राशिका लागि फागुन महिनामा नयाँ कार्यको थालनी हुनेछ। स्वास्थ्य कमजाेर हुनाले नियमित काम राेकिन सक्छ। वाहन लाभ हुने सम्भावना रहेको छ। व्यापार व्यवसायमा औसत लाभ हुनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउनेछ। कतै गरेको लगानी पनि त्यति राम्रो नहोला।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिलाई फागुन महिनामा मिश्रित फल मिल्नेछ। खर्च अधिक हुनुका साथै अनावश्यक खर्च पनि बढ्न सक्छ। व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ। शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ। महिनाको उत्तरार्धबाट ठीक समयमा सही निर्णय लिन सकिनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका मानिसका लागि यो समय शुभ रहने सम्भावना देखिन्छ। अनेक क्षेत्रबाट शुभ समाचार प्राप्त हुनसक्छ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। शत्रु र रोगबाट पनि छुटकारा पाउन सकिन्छ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। अर्थोपार्जनको बलियो स्रोत प्राप्त हुनाले आर्थिक स्थिति बलियो हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

यस राशिका मानिसका लागि यो महिना राम्रो नै रहला। लामो यात्रा सुखद् र सफल हुनेछ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेम सम्बन्ध निकै बलियो हुनेछ। व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। आर्थिक स्थिति यो महिनाभर बलियो नै हुने देखिन्छ। अनेक क्षेत्रबाट लाभ मिल्ने पनि पूरा सम्भावना रहेको छ। शिक्षा क्षेत्रमा पनि सुखद नतिजा प्राप्त होला।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आत्मविश्वासको कमी रहनेछ। मनमा नकारात्मक विचारको प्रभाव पनि पर्न सक्छ। मन अशान्त रहन सक्छ। क्रोधबाट टाढा रहनुहोस्। व्यापार व्यावसायमा अनावश्यक दौडधुप बढ्न सक्छ। नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ। सवारी साधन पनि पाउन सकिन्छ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। व्यापारमा पनि सुधार आउनेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

आत्मविश्वास बढ्नेछ। तर मन दुखी हुन सक्छ। धैर्यशीलतामा कमी हुन सक्छ। परिवारको सहयोग मिल्नेछ। नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ। यद्यपि वरिष्ठ अधिकारीहरुसँग सद्भाव कायम राख्नुहोस्। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्। कार्यक्षेत्रमा बदलाव हुन् सक्छ। वाहन सुखमा कमी आउनेछ। विदेश यात्रा लाभप्रद रहनेछ।

अर्को समाचार:

फागुन महिनाको अशुभ राशि, यस महिना ४ राशिलाई आउनेछ अनेक समस्या, कुन-कुन राशि !