यस दिन लाग्दैछ सन् २०२३ को पहिलो सूर्य ग्रहण, यी राशिमा पर्नेछ विशेष प्रभाव, खुल्नेछ भाग्य !

धार्मिक मान्यता अनुसार सूर्य र चन्द्र ग्रहण विशेष महत्त्व रहेको छ। जब ग्रहण लाग्दछ त्यसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ। सन् २०२३ को पहिलो सूर्य ग्रहण २० अप्रिलमा लाग्ने भएको छ। यो ग्रहण नेपाली समय अनुसार बिहान ७:१८ बजे सुरु भएर दिउँसो १२:४३ बजेसम्म रहनेछ। यो ग्रहण दक्षिण पूर्वी एसिया, अष्ट्रेलिया, हिन्द महासागर र अन्टार्कटिका लगायत धेरै देशमा देख्न सकिनेछ ।

यस सूर्य ग्रहणको प्रभाव नेपालमा भने देखिने छैन। त्यसैले सुतक पनि मान्य हुँदैन। तर यसको प्रभाव सबै राशिमा देखिनेछ। तर ३ राशिहरु छन् जसका लागि यस समयमा लाभ र प्रगतिको सम्भावना रहेको छ। जान्नुहोस् यी कुन-कुन राशिहरु हुन्….

वृष राशि

सूर्य ग्रहण वृष राशिको लागि लाभदायक साबित हुन सक्छ। यस समयमा नयाँ कामको प्रस्ताव आउन सक्छ। यसका साथसाथै रोजगारीमा रहेका व्यक्तिको वृद्धि र बढुवा पनि हुनसक्छ। यो ग्रहणको कारण वित्तीय मामिलाहरूमा धेरै महत्त्वपूर्ण हुन गइरहेको छ। यस समयमा आर्थिक अवस्था निकै मजबुत रहनेछ। साथै जीवनसाथीसँगको सम्बन्ध पनि राम्रो रहनेछ। साथै यस समयमा सबै भौतिक सुखहरू प्राप्त गर्न सक्नुहुन्छ।

मिथुन राशि

मिथुन राशिका लागि सूर्यग्रहण शुभ र फलदायी साबित हुन सक्छ। यस समयमा अदालती मामिलामा सफलता मिल्नेछ। यसका साथै राजनीतिमा लागेकाले केही पद पाउन सक्छन्। यस समयमा मिथुन राशिका व्यक्ति सामाजिक रूपमा सक्रिय हुनुहुनेछ। यस समयमा केही नयाँ व्यक्तिहरूसँग भेटघाट गर्ने मौका मिल्नेछ। साथै यस समयमा ऋण लिएको पैसा फिर्ता पाउन सक्नुहुन्छ।

धनु राशि

धनु राशिका व्यक्तिका लागि सूर्य ग्रहण लाभदायी साबित हुन सक्छ। यस समयमा धनु राशिका व्यक्तिको आत्मविश्वासमा वृद्धि हुनेछ। यसका साथै रोजगारीलाई थप अधिकार पाउन सकिन्छ। व्यवसायी व्यक्तिले यस समयमा नयाँ अ-र्डरबाट राम्रो नाफा कमाउन सक्छन्। यसका साथै सन्तानको पक्षबाट केही शुभ समाचार प्राप्त हुन सक्छ। जसका कारण मन प्रसन्न रहनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। यसका साथै शनिको साढे सतीबाट पनि मुक्ति प्राप्त हुनेछ। यस समयमा काममा सफलता मिल्नेछ।

अर्को समाचार:

माघ २५ गते बुधबार कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !