माघ २५ गते बुधबार कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। माघ २५ गते बुधबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। बुधबार दिन भगवान गणेश नाममा समर्पित हुने गर्दछ। बुधबार भगवान गणेशको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। बुधबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

माघ २५ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – बुधबार ।।। नक्षत्र- पूर्वफाल्गुनी , १९:१० बजे उप्रान्त उत्तरफाल्गुनी ।।। तिथि – तृतीया , २८:३९ बजे उप्रान्त चतुर्थी ।।। करण – वव १६:०१ बजेदेखि भद्रा , २८:३९ बजे उप्रान्त कौलव ।।। योग – अतिगण्ड , १५:५२ बजे उप्रान्त सुकर्मा ।।। माघ २५, २०७९, बुधबार ।।। ०८ फेब्रुअरी, सन् २०२३ ।।। तृतीया, फाल्गुण कृष्णपक्ष ।।। सिल्लागा, ११४३ ने.सं. ।।। सूर्योदय– ०६: ४९ ।।। सूर्यास्त – ०५:४८ ।।।  शुभ साइत : – होम गर्ने साइत, विवाह गर्ने साइत-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मन प्रसन्न रहनेछ, तर कुराकानीमा सन्तुलित रहनुहोस्। व्यापारमा वृद्धि हुनेछ। साथीभाइबाट व्यापारको प्रस्ताव पनि प्राप्त गर्न सकिनेछ। व्यापार व्यावसायबाट आम्दानी बढ्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

पढाइमा रुचि बढ्नेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ। शैक्षिक कार्यका लागि विदेश जाने सम्भावना छ। सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ। दाजुभाइको सहयोग रहनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मन प्रसन्न रहनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ। व्यापारमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा बढोत्तरी हुनेछ। यात्राको सम्भावना छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

बोलीमा मिठास रहनेछ तर धैर्यताको कमी हुनेछ। मानसिक शान्तिको लागि प्रयास गर्नुहोस्। व्यवसाय विस्तारका लागि साथीभाइको सहयोगमा लगानी गर्न सकिनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मन प्रसन्न रहनेछ। जागिरको अन्तर्वार्ता आदिमा सफलता मिल्नेछ। सवारी साधनको आनन्द बढ्नेछ। परिवारमा सुख शान्ति छाउनेछ। राम्रो अवस्थामा रहनुहोस्। मिष्ठान्न भोजनमा रुचि बढ्नेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

आत्मविश्वासले भरिपूर्ण रहनेछ, तर मन पनि खिन्न हुन सक्छ। परिवारको सहयोग मिल्नेछ। जागिरमा स्थान परिवर्तनको सम्भावना छ। थप दौडधुप हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मन प्रसन्न रहनेछ। आत्मविश्वास पनि बढ्नेछ। शैक्षिक वा अनुसन्धान कार्यको लागि अन्य ठाउँमा जान सकिन्छ। परिवारबाट टाढै बस्नु पर्न सक्छ। मिहिनेत बढी हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

आत्मविश्वास भरिपूर्ण हुनेछ। बोलीको प्रभाव बढ्नेछ। नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ। आम्दानीमा वृद्धि होला तर कामको बोझ बढ्ने सम्भावना छ। सवारी साधन पाउन सकिनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धैर्यता कायम राख्ने प्रयास गर्नुहोस्। बच्चाको स्वास्थ्यको ख्याल गर्नुहोला। अनुसन्धानका लागि विदेश जाने सम्भावना छ। सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ। धन प्राप्त हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। व्यापारका लागि अन्य ठाउँमा जाने सम्भावना छ । विवादबाट टाढा रहनुहोस्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मन प्रसन्न रहनेछ। आमाको संगत मिल्नेछ। काममा अधिकारीको सहयोग मिल्नेछ। प्रगतिको बाटो खुल्नेछ। आम्दानी बढ्नेछ तर खर्च पनि बढ्नेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

आत्मविश्वास बढ्नेछ, तर मन पनि विचलित हुन सक्छ। सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला। आम्दानीमा कमी र खर्च बढी हुनसक्छ। कार्यस्थलमा थप मिहिनेत हुनेछ।

अर्को समाचार:

प्रेम सम्बन्धमा निकै इमानदार हुन्छन् यस राशिका व्यक्ति, जुनसुकै हदसम्म जान सक्छन्