आज सरस्वती पूजामा बन्दैछ ४ अशुभ योग, जान्नुहोस् पूजाको शुभ समय !

आज वसन्त पञ्चमी विधाकी देवी माता सरस्वतीको पूजा आराधना गरेर मनाइने गरिन्छ। आजको दिन यी चार शुभ योग बनाइँदै छ।आजको दिन विभिन्न स्थान तथा विद्यालयमा विभिन्न कार्यक्रमा गरेर सरस्वती पूजा मनाइन्छ ।

हिजो साँझ ६:१५ बजेबाट सुरु भई आज दिउसो ३:२९ बजे सम्म जारी रहनेछ। यस पूजाको शुभ समय समाप्त हुने बित्तिकै सिद्ध योग सुरु हुनेछ।   यो माघ १३ गते भोलि मा १:२२ बजे सम्म हुनेछ। सर्वार्थ सिद्धि योग आज साँझ ६:५७ बजेबाट सुरु भएर भोलि जनवरीको बिहान ७:१२ बजेसम्म चल्नेछ। यस अवधिमा, रवियोग पनि हुनेछ।

वसन्त पञ्चमीको पूजाको शुभ मुहूर्त बिहान १०ः२८ बजेसम्म रहने छ। तर उदय तिथि भएको हुँदा माता सरस्वतीको पूजा दिनभर मान्य हुनेछ। त्यस्तै, आज बिहान ७:१२ बजेदेखि १२:३४ बजेसम्मको समयलाई पनि पूजाका लागि शुभ मानिनेछ। वसन्त पञ्चमी शुभ मुहूर्त भएकाले यस दिन धेरै विवाह हुने छन् । सुन-चाँदी, सवारी साधन तथा सम्पत्ति खरिद गर्नु पनि शुभ रहनेछ।

अर्को समाचार:

आज वसन्त पञ्चमी नभुली अवश्य गर्नुहोस् यस्ता कार्य, सफलताले शिखर चुम्नेछ!