आज वसन्त पञ्चमी नभुली अवश्य गर्नुहोस् यस्ता कार्य, सफलताले शिखर चुम्नेछ!

माता सरस्वतीलाई सनातन धर्ममा विद्याकी देवी मानिन्छ। वसन्त पञ्चमीको दिन ऋतु चक्र परिवर्तन हुनुको साथै माता सरस्वतीको पूजा–आराधना गरिन्छ । भनिन्छ जसलाई माता सरस्वतीको आशीर्वाद हुन्छ, उनीहरू कला, ज्ञान, सङ्गीत र शिक्षाको क्षेत्रमा धेरै अगाडि बढ्ने मान्यता छ। धार्मिक मान्यता अनुसार वसन्त पञ्चमीको दिन केही काम गर्नु शुभ मानिन्छ। जसले तपाईको जीवन बदल्न सक्छ।

आज वसन्त पञ्चमीका दिन माता सरस्वतीको पूजा गर्दा पहेँलो चन्दन वा केसर अवश्य चढाउनुहोस्। जब पूजा सकिन्छ, तब माता सरस्वतीलाई चढाएको चिजलाई आफ्नो साथ राख्नुहोस्। यसपछि कुनै शुभ कामको लागि बाहिर जाँदा चन्दनको तिलक लगाउनुपर्छ। त्यो शुभ कार्यमा अवश्य सफलता मिल्नेछ।

माता सरस्वतीको पूजा गर्दा ‘ॐ ऐं सरस्वत्याय नमः’ वा ‘ऐं महासरस्वत्यै नमः’ मन्त्रको जप गर्नुहोस्। यी मन्त्र जप गर्दा कर्ममा सफलता मिल्छ। पूजा गर्दा माता सरस्वतीलाई सेतो कमल पनि चढाउनुपर्छ। यसो गर्दा माता सरस्वती प्रसन्न भइन्‌ आशीर्वाद दिने मान्यता रहेको छ।

प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुने तयारी गर्दै हुनुहुन्छ भने, अध्ययन गर्ने टेबललाई यसरी राख्नुहोस् कि यसको अगाडि खालि ठाउँ बाँकी होस्।  साथै बस्ने ठाउँको पछाडिको भागमा घरको गारो होस्। अध्ययन गर्दा आफ्नो अनुहार उत्तर वा पूर्व दिशामा हुने गरेर बस्नुहोस्।  यसका साथै अगाडि माता सरस्वतीको तस्बिर पनि राख्नुहोस्। यसो गर्नाले परीक्षामा सफलताको सम्भावना बढ्छ।

अर्को समाचार:

यी ४ कामपछि नुहाउन कहिल्यै नभुल्नुहोस्, अन्यथा आउनेछ दुर्भाग्य !