धन लाभ-घाटा…सापनामा रातो चन्द्रमा देख्नु शुभ-अशुभ के संकेत गर्दछ ?

हरेक मानिसले सपना देखेको हुन्छ र हरेक सपनाको कुनै न कुनै अर्थ हुन्छ। भनिन्छ भविष्यमा हुने शुभ तथा अशुभ घटनालाई सपनाले संकेत गर्दछ। मानिसहरुले सपनामा विभिन्न कुराहरु देख्छन्। कसैले हात्ती देख्छन्, कसैले सर्प देख्छन्, कसैले सपनामा भगवान देख्छन्। तर के सपनामा चन्द्रमा देख्नुभएको  ? यदि छ भने यस्तो छ यसको अर्थ-

यदि सपनामा आधा चन्द्रमा देख्नु भएको छ भने यसको अर्थ व्यापारमा लाभ हुने संकेत गर्दछ। यसबाहेक करियरमा जति समस्या छन्, त्यो पनि हट्दै जान्छ। बेरोजगारहरूले रोजगारी पाउन सक्छन्। अर्थात् अर्ध चन्द्रमाको सपना व्यापार र करियर दुवैको लागि शुभ मानिन्छ। यसले व्यापारको सन्दर्भमा यात्राको संकेत पनि गर्दछ।

सपनामा पूर्ण चन्द्रमा देख्नु 

पूर्ण चन्द्रमा देख्नुले सबै मनोकामना पूरा हुने संकेत गर्दछ। अर्थात् जुन कामका लागि मेहनत गरिरहनुभएको छ, त्यसमा सफलता पाउन सकिन्छ।  दाम्पत्य जीवन सुखमय रहनेछ र अन्य मानिसहरूबाट आएको गुनासो पनि हट्नेछ। वैदेशिक यात्राको अवसर मिल्नेछ।

सपनामा रातो वा रातो रङको चन्द्रमा देखियो भने तपाई मानसिक रूपमा अशान्त हुनुहुन्छ भन्ने बुझिन्छ। यस्तो सपनापछि विवाद बढ्न सक्छ। होसियार हुन आवश्यक छ। योग ध्यान गरेर लाभ प्राप्त गर्न सकिन्छ।

सपनामा चन्द्रमा टुक्रेको देख्नु अशुभ मानिन्छ। यो घरेलु कलह र अलग हुने संकेत हो। यस बाहेक स्वास्थ्य पनि बिग्रन सक्छ। यस्तो सपना देखेमा तुरुन्तै सचेत हुनुहोस्। कुनै पनि कुरामा धेरै प्रतिक्रिया दिनबाट जोगिनु पर्छ। अन्यथा विवाद हुन सक्छ।

अर्को समाचार:

आज सरस्वती पूजामा बन्दैछ ४ अशुभ योग, जान्नुहोस् पूजाको शुभ समय !