आज विनायक चतुर्थी, जान्नुहोस् शुभ मुहूर्त, पूजा विधि !

माघ शुक्ल पक्षको चतुर्थी तिथिमा गणेश चतुर्थी पर्व मनाइन्छ। यस दिन भगवान गणेशको जन्म तिथि भएको मान्यता राहेको छ । यसलाई गणेश जयन्ती, वरद तिलकण्ड, माघी विनायक चतुर्थी पनि भनिन्छ। यस पटक विनायक चतुर्थी आज माघ ११ गते मनाइँदैछ। भगवान गणेशको पूजा गर्नाले ठूला संकट क्षणभरमै हट्ने जनविश्वास रहेको छ।

मध्यान्ह गणेश पूजा मुहूर्त – 11:29 बजे देखि १२:३४ बजे सम्म, चतुर्थी तिथि सुरु हुन्छ- माघ १० गते दिउँसो ०३:२२ बजे, चतुर्थी मिति समाप्त हुने मिति- माघ १२ गते दिउँसो १२:३४ बजेसम्म हुनेछ।

विनायक चतुर्थीको दिन बिहान सबेरै उठेर स्नान गरी सूर्यदेवलाई अर्घ्य दिनुपर्छ। यसपछि भगवान गणेशको पूजा गर्नहोस्। यस दिनको पूजामा नरिवल र मोदकको लड्डु पनि समावेश गर्नुपर्छ। यस बाहेक भगवान गणेशलाई पूजामा गुलाबको फूल र दूबो चढाउनुहोस्। धूप, दीप, नैवेद्य अर्पण गरेपछि ‘ॐ गं गणपतये नमः’ मन्त्रको जप गर्नुहोस्। भगवान गणेशको कथा पढ्नुहोस्, आरती गर्नुहोस्, पूजामा संलग्न सबैलाई प्रसाद वितरण गर्नुपर्छ।

जीवनमा आउने बाधाहरू हटाउन भगवान श्री गणेशको नियमित पूजा गर्ने व्यक्तिको जीवनका सबै दुःखको अन्त्य हुने धार्मिक मान्यता रहेको छ।   विनायक चतुर्थीका दिन सिद्धि विनायक स्वरूपको पूजा गर्नाले सन्तानसम्बन्धी हरेक समस्याको समाधान हुने शास्त्रमा उल्लेख छ। यो व्रत परिवारका सदस्य वृद्धिका लागि निकै महत्त्वपूर्ण मानिन्छ।

यस पटक विनायक चतुर्थीमा भाद्र र पञ्चकको छाया रहनेछ। पञ्चक दिनभर रहने छ भने अर्कोतर्फ भाद्रकाल माघ ११ गते बिहान १ः५३ बजेदेखि दिउँसो १२ः३४ बजेसम्म रहनेछ। भाद्रमा शुभ कार्य गर्न निषेध गरिएको छ तर पञ्चक र भाद्रमा पूजा गर्न सकिन्छ।

अर्को समाचार:

भोलि बुधबार गर्नुहोस् सखरको यस उपाय : खुल्नेछ भाग्यको ताला, हुनेछ खुब प्रगति