भोलि बुधबार गर्नुहोस् सखरको यस उपाय, खुल्नेछ भाग्यको ताला: हुनेछ खुब प्रगति !

धार्मिक मान्यता अनुसार भगवान गणेशलाई पहिलो पूजायोग्य देवताको रुपमा मानिन्छ। कुनै पनि शुभ कार्यको थालनी गर्दा गणेश पूजाबाट शुभ कार्यको प्रारम्भ गरेमा व्यक्तिको सम्पूर्ण कार्य सहज रुपमा सम्पन्न हुने धार्मिक मान्यता रहेको छ। बुधबार गणेशलाई समर्पित छ। यस्तो अवस्थामा यदि जीवनमा कुनै समस्याले छाडिरहेको छैन वा आफ्नो करियर वा व्यवसायलाई लिएर चिन्तित हुनुहुन्छ भने बुधवार यी उपायहरु गर्नाले व्यक्तिले आफ्नो भाग्य उज्यालो बनाउन सक्ने मान्यता रहेको छ। साथसाथै काममा आउने बाधाबाट पनि मुक्ति मिल्छ। जान्नुहोस् यी उपायहरुका बारेमा…

शास्त्र अनुसार बुधवारको दिन भगवान गणेशको नाममा समर्पित छ। यस दिन विधि-विधान अनुसार पूजा गर्नुका साथै दुबो पनि चढाएमा भगवान गणेश छिट्टै प्रसन्न हुने गर्दछन् । र भक्तहरूको सबै मनोकामना पूरा हुने मान्यता रहेको छ।

ज्योतिष शास्त्र अनुसार बुधबार गणेश मन्दिरमा गएर भगवान गणेशलाई सखर चढाउनुहोस्, यो उपाय लगातार ७ बुधवार गर्नाले काममा आउने बाधा हट्ने साथै मनका सबै मनोकामना पूरा हुन्छन्।

यदि कुनै व्यक्तिले कडा परिश्रम गर्दा पनि सफलता प्राप्त गर्न सक्दैन भने व्यवसाय वा करियरमा प्रगतिको बाटो समस्या आएको छ भने बुधवार गणेश रुद्राक्ष धारण गर्नाले भगवान गणेशको आशीर्वाद प्राप्त गर्न सकिने धार्मिक मान्यता रहेको छ।

भगवान  गणेशलाई लड्डु धेरै मन पर्छ। तर यदि कुनै पनि परीक्षाको तयारी गर्दै हुनुहुन्छ र त्यसमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने बुधबार गणेश जीलाई मुगको दाल लड्डु चढाउनुहोस्।

धार्मिक मान्यता अनुसार बुधबार गाईलाई हरियो घाँस खुवाउनु पनि निकै शुभ मानिन्छ। यसले जागिर र व्यापारमा आउने बाधाहरू हट्ने मान्यता रहेको छ। गाईलाई घाँस खुवाउन सम्भव छैन भने गोठमा गएर पनि घाँस दान गर्न सकिन्छ। यसबाट पनि विशेष फल प्राप्त हुन्छ।

अर्को समाचार:

श्रीमतीलाई पनि भुलेर पनि नभन्नुहोस् यी ४ कुरा, चाणक्यले आफ्नो नोती शास्त्रमा दिएका छन् चेतावनी !