बिना अग्नि शरीर जलाउँछ यी ६ कुराले, व्यक्ति जीवन भर रहन्छ दु:खी !

आचार्य चाणक्यको नीति शास्त्रमा उल्लेखित विचार अधिकांश मानिसलाई कठोर लाग्दछ। तर उनका भनाई जीवनको वास्तविक सत्य हुन्छ। उनले जीवनका सबै विषयको गहिरो अध्ययन मात्र गरेनन्, सामान्य जीवनमा उपयोगी हुने कुराहरू पनि आफ्नो नीति शास्त्रमा उल्लेख गरेका छन्।  आचार्यले मानव जीवनसँग सम्बन्धित ६ वटा कुरा उल्लेख गरेका छन्, जसले मानिसलाई बिना आगो जलाउँछ।

कुग्रामवासः कुलहीन सेवा कुभोजन क्रोधमुखी च भार्या।
पुत्रश्च मूर्खो विधवा च कन्या विनाग्निमेते प्रदहन्ति कायम्॥

यस श्लोकमा आचार्य चाणक्यले अशिक्षित ठाउँमा बस्ने, नीच मानिसको संगत गर्नु, पौष्टिक भोजन रहित खाना खानु, झगडा गर्ने नारी, मूर्ख छोरा र विधवा छोरीहरू शरीरलाई बिना आगोले जलाउने गर्दछ।

आचार्य चाणक्य भन्छन् कि यी सबै कुराका कारण मानिस जीवनभर दुखी रहन्छ। सबै भन्दा महत्त्वपूर्ण ठाउँ हो जहाँ एक व्यक्ति निरन्तर बस्नुपर्दछ। त्यस ठाउँमा बस्ने मानिसको व्यवहार ठिक छैन भने मानिस सधैँ दुखी रहन्छ। मानिस नीच मानिस बस्नु पर्दा वा बासी र अपोषक खाना खानु परे मानिस सधैँ दुःखमा रहन्छ।

चाणक्यका अनुसार यदि कुनै महिला झगडालु स्वभावकी र हरेक सानो कुरामा झगडा गर्छिन् भने उसले कहिल्यै गृहस्थ सुख पाउन सक्दिनन्। घरमा मूर्ख छोरा हुनु र विधवा छोरी हुनु असह्य पीडा भन्दा कम होइन।

अर्को समाचार:

यस राशिका व्यक्ति मित्रताको मामिलामा हुन्छन् निकै सावधान, हतार गर्दैनन् साथी बनाउन!