हातको कुन स्थानमा भएको कोठीलाई मानिन्छ अत्यन्तै शुभ, जान्नुहोस् !

सामुद्रिक शास्त्रमा मानिसको शारीरिक बनावट र कोठीको बनावटका आधारमा भविष्य हेरिन्छ। शरीरमा धेरै ठाउँमा कोठीहरू हुन्छन्। तर हरेक कोठी शुभ हुँदैन र हरेक कोठी अशुभ हुँदैनन्। वास्तवमा कोठी कहाँ छ त्यसको आधारमा त्यो कोठी शुभ वा अशुभ हुने थाहा हुन्छ। यहाँ हामी हत्केलामा कोठीको बारेमा कुरा गर्दैछौं। जानौँ हत्केलाको कुन स्थानमा भएको कोठी शुभ मानिन्छ।

बुढी औँलामा कोठी भएको मानिस 

सामुद्रिक विज्ञानका अनुसार जुन मानिसको बुढी औँलामा कोठी हुन्छ। ती मानिसहरू मेहनती र साहसी हुन्छन्। साथै, यदि यस औँलाको ठिक तल कोठी छ भने, त्यस्ता व्यक्तिहरूसँग धेरै प्रेम सम्बन्ध हुन सक्छ। जसका कारण दाम्पत्य जीवनमा समस्या आउन सक्छ। त्यस्तै यस्ता मानिस  जीवनमा धनी पनि छन्। साथै यी मानिसहरूले सबै भौतिक सुखहरू उपभोग गर्छन्।

हत्केलामा कोठी

बायाँ हत्केलामा कोठी हुने मानिसहरुले जीवनमा धेरै नाम र ख्याति कमाउँछन् साथै, यी मानिसहरू स्वतन्त्र रूपमा धन खर्च गर्छन्। अर्कोतर्फ, दाहिने हातको माथिल्लो भागमा कोठी हुने व्यक्तिलाई अपार धनको मालिक हुन्छन्। यी मानिसहरूले कम समयमा व्यापारमा नाम कमाउँछन्। यी

कान्छी औँलामा कोठी 

हातको सबैभन्दा सानो औँलामा कोठी हुने मानिसहरुलाई पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। साथै, यी व्यक्तिहरू दूरदर्शी र आत्म-विश्वासी हुन्छन्। यस्ता व्यक्तिले समाजमा आफ्नो पहिचान बनाउन सफल हुन्छन्। उनी गूढ विषय पढ्न मन पराउँछन्। यस्ता व्यक्तिहरु भविष्यमा धनी हुन्छन्। तर दाम्पत्य जीवनमा समस्याको सामना गर्नुपर्ने हुन्छ।

अर्को समाचार:

आज माघे संक्रान्ति गर्नुहोस् यस्ता उपाय, हरेक दु:ख र संकटबाट मिल्छ छुटकारा !