वक्री राजकुमार ग्रह यी राशिलाई अबको एक महिना बाधा बन्दै, पर्नेछ आर्थिक संकट !

ज्योतिष शास्त्रका अनुसार ग्रहहरूको राजकुमार बुध १८ जनवरी सन् २०२३ मा धनु राशिमा प्रवेश गर्नेछन्। यसपछि पेब्रुवरी ७ गते राशि परिवर्तन गरी मकर राशिमा प्रवेश गर्नेछ । मकर राशिमा बुध र सूर्यको युति हुनेछ। जनवरी महिनामा बुधको वक्री गतिले आर्थिक पक्ष र केही राशिका व्यक्तिहरूको करियर कष्टदायी हुन् सक्छ। ज्योतिष शास्त्र अनुसार बुध ग्रहको कारण केही राशिका व्यक्तिहरूलाई जनवरी महिनाभर आर्थिक, शारीरिक र मानसिक पक्षमा सजग रहन पर्ने भएको छ। जान्नुहोस् कुन-कुन राशि?

वृष राशि

वक्री बुधले वृष राशिको जीवनमा कठिनाइ ल्याउन सक्छ। आर्थिक समस्या आउन सक्छ। कार्यस्थलमा सहकर्मीसँग विवाद हुनसक्छ । जागिरमा प्रगति गर्न चाहनेहरूले केही समय कुर्नु पर्नेछ। प्रेम जीवन र पारिवारिक जीवनमा समस्या आउन सक्छ। यस समयमा आर्थिक लेनदेन नगर्नुहोस्।

सिंह राशि 

बुधको वक्री गतिले सिंह राशिका व्यक्तिहरूलाई मानसिक र आर्थिक समस्या आउन सक्छ। वक्री बुधको प्रभावको कारण यस अवधिमा आय र व्ययको बिचमा सन्तुलन कायम गर्न सक्नुहुने छैन। यस अवधिमा कुनै पनि नयाँ काम सुरु नगर्नुहोस्। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। व्यापारीहरू साझेदारीको काममा सावधान रहनुहोस्।

मकर राशि

वक्री बुध मकर राशिका लागि कष्टदायी साबित हुनेछ। यस अवधिमा धन हानि हुन सक्छ। व्यावसायिक जीवनमा समस्या आउनेछ। उच्च अधिकारीसँग विवाद हुने सम्भावना छ। मिहिनेतको फल पाउन कुर्नु पर्ने हुन सक्छ। श्रीमान्–श्रीमतीबिच मनमुटाब हुन सक्छ।

वृश्चिक राशि  

वक्री बुधको स्थिति वृश्चिक राशिका लागि अशुभ मानिनेछ। यो समयमा अनावश्यक खर्च बढ्न सक्छ। सन्तानको पक्षबाट समस्या आउन सक्छ। व्यावसायिक जीवनमा समस्या आउनेछ। जीवनसाथीसँग मतभेद हुनसक्छ। यस समयमा सोचेर मात्र पैसा खर्च गर्नुहोस्।

अर्को समाचार:

यसपटक माघे सङ्क्रान्तिमा बन्दै अत्यन्तै शुभ योग, गर्नुहोस् यस्ता कार्य !