यसपटक माघे सङ्क्रान्तिमा बन्दै अत्यन्तै शुभ योग, गर्नुहोस् यस्ता कार्य !

यसपटक माघे संक्रान्ति १५ जनवरीमा मनाइँदैछ। मकर संक्रान्तिको दिन पूजा, स्नान-दान र तिल मिसाको चाकु खाने चलन छ। पञ्चाङ र मिथिला पञ्चाङका अनुसार पौष ३० गते राति मकर संक्रान्ति प्रवेश हुँदैछ। यसकारण माघ १५ गते संक्रान्ति पर्व मनाइँदैछ । पौष ३० गते राति २ः४५ बजे सूर्य धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्ने छ। त्यसैले यसको शुभ मुहूर्त र मकर संक्रान्तिको स्नान दान पुस १ गते आइतबार मनाइने भएकोले मकर संक्रान्तिको मितिबारे सधैं शंका हुने गरेको छ।

अहिले धेरै वर्षदेखि माघे संक्रान्ति जनवरी १५ मा मात्रै मनाइँदै आएको छ। मकर संक्रान्तिको मितिलाई लिएर सधैं शंका हुने गरेको छ। अहिले धेरै वर्षदेखि जनवरी १५ मा मात्रै मनाइँदै आएको छ । पहिलेका वर्षहरूमा माघे संक्रान्ति जनवरी १४ मा परेको थियो।

संक्रान्तिको समय माघ १ गते दिनभर रहनेछ। दिउँसोसम्मको समय स्नान र दानका लागि विशेष फलदायी रहेको यस दिन तिलकुटा चढाउने, तिलकुटा र दही खाने गरिन्छ । सूर्य मकर राशिमा हुने बित्तिकै सूर्य देवता उतरायण हुन्छन् र यस दिनबाट देवताहरूको लागि दिन र दानवहरूको लागि रात सुरु हुनेछ। खरमास समाप्त भएसँगै माघ महिना सुरु हुन्छ।

अर्को समाचार:

यी वस्तु उपायले घरमा आउनेछ सुख-समृद्धि, हट्नेछ हरेक समस्या!