छिट्टै बुध ग्रहको उदय हुँदै, यी राशिको सुरु हुनेछ शुभ दिन: मिल्नेछ हरेक कार्यमा सफलता!

वैदिक ज्योतिषशास्त्रका अनुसार ग्रहहरूले समय-समयमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्छन्। जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ। जनवरी १२ मा बुध धनु राशिमा उदय हुँदैछ। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर बुधको उदयको कारणले यि ३ रशिका व्यक्तिले व्यापार र करियरमा राम्रो सफलता प्राप्त गर्न सक्ने छन्। जान्नुहोस् यी कुन-कुन रशी हुन्?

वृश्चिक राशि

बुध ग्रहको उदयको कारण वृश्चिक राशिको लागि शुभ र फलदायी साबित हुन सक्छ। किनभने बुध ग्रह यस राशिको दोस्रो घरमा उदाउनेछ। जसलाई वाणी र धनको स्थान मानिन्छ। यस समयमा अचानक धन प्राप्त गर्न सकिनेछ। विदेश गएर व्यापार गर्न चाहनेहरूका लागि यो समय राम्रो साबित हुन सक्छ। साथसाथै सन्तानको पक्षबाट केही शुभ समाचार प्राप्त हुनसक्छ।

कुम्भ राशि

बुध ग्रहको उदय कुम्भ राशिको लागि अनुकूल साबित हुन सक्छ। किनकी बुध ग्रहको गोचर यस राशिको ११ औं घरमा हुन गइरहेको छ । जसलाई आम्दानी र नाफाको स्थान मानिन्छ । त्यसैले यस समयमा तपाईंको आयमा बलियो वृद्धि हुन सक्छ। त्यस्तै आयको नयाँ माध्यमबाट धन कमाउन सफल हुन सक्नुहुन्छ। यस समयमा आर्थिक अवस्था पहिले भन्दा बलियो हुनेछ।

मीन राशि


यस राशिको लागि बुध ग्रहको उदय करियर र व्यापारको हिसाबले लाभदायक साबित हुन सक्छ। किनभने बुधको उदय यस राशिको कुण्डलीको दशौं घरमा हुन लागेको छ। जसलाई काम र व्यवसाय गर्ने ठाउँ मानिन्छ । त्यसैले यस समयमा नयाँ कामको प्रस्ताव प्राप्त गर्न सक्नुहुन्छ। त्यस्तै मीन राशि भएका व्यक्तिहरू जो जागिर परिवर्तन गर्ने सोचमा छन्, उनीहरुको लागि यो समय धेरै अनुकूल हुन सक्छ। यसका साथै व्यवसायीले राम्रो नाफा कमाउन सक्छन् । यसका साथै व्यवसाय विस्तार गर्न पनि सकिन्छ ।

अर्को समाचार:

नयाँ वर्ष सन् २०२३ मा यी राशिमा हुनेछ केतु ग्राहको प्रभाव, हुनेछ अत्यन्तै शुभ !