यस्तो जीवनसाथीबाट समय मै सावधान रहनुहोस्, अन्यथा जीवन बरबाद हुनेछ- गरुण पुराण 

हरेक मानिसको जीवनमा उसको जीवन साथीको ठूलो महत्त्व हुन्छ । जीवनसाथी सही पाइयो भने जीवन राम्रो हुन्छ, गलत भएमा जीवन बरबाद पनि हुन सक्छ । गरुड पुराणमा जीवनसाथीको बारेमा धेरै कुराहरु बताइएका छन् । यस अनुसार श्रीमान्–श्रीमतीको सम्बन्ध प्रेम र विश्वासमा अडिएको हुन्छ । यदि यी दुई मध्ये कुनै एकले यी कुराहरू पालना गरेनन् वा टाढा रहने प्रयास जीवनको बाटो खस्कन सक्छ। यस्तो अवस्थामा जान्नुहोस्  यदि जीवनसाथीमा यस्ता खराब बानी छन् भने उनीहरुलाई सजग गराउने वा दूरी कायम राख्नुपर्छ ।

अपमान

पति वा पत्नी दुवैले एक-अर्कालाई सम्मान गर्नुपर्छ। यदि दुई मध्ये कुनै एकले एक-अर्काको अपमान गर्छ भने, यस्तो जीवनसाथीबाट अलग हुनु राम्रो हुन्छ। गरुड पुराणमा यो पनि भनिएको छ कि अपमान गर्ने जीवनसाथीबाट अलग हुनुहोस्, किनकि त्यस्तो जीवन साथीले तपाईको खराब र राम्रो समयमा पल-पल अपमान गरिरहन्छ।

सम्मान

मान्छे जस्तोसुकै किन नहोस्, चाहे त्यो पुरुष होस् या महिला । दुवैले एकअर्काको परिवारका सदस्यहरूलाई सम्मान गर्नुपर्छ। आफ्नो सासू ससुराको अपमान गर्ने वा हरेक कुरामा अभद्र टिप्पणी गर्ने व्यक्ति पुरुष वा महिलासँग जीवन बिताउनु ठिक मानिँदैन् । यस्तो भयो भने जीवन बरबाद हुन सक्छ।

विश्वासघात

श्रीमान श्रीमतीको सम्बन्ध निकै नाजुक हुन्छ । भनिन्छ सम्बन्धलाई धागोले बाँधिएको हुन्छ। जीवनमा जीवनसाथी वा उसको बोलीमा विश्वास छैन भने त्यस्तो सम्बन्ध कायम राखेर कुनै फाइदा हुँदैन । विश्वास बिनाको सम्बन्धलाई जबरजस्ती तान्दा जिन्दगी नर्क जस्तै बन्छ। गरुण पुराणका अनुसार यदि  जीवनसाथी अविश्वासी छ भने उसबाट अलग हुनु राम्रो हुन्छ ।

अर्को समाचार:

जीवनमा सफल हुन यी ३ कुरामा अवश्य ध्यान दिनुहोस्, अवश्य सफल भइनेछ