वैदिक पञ्चांगका अनुसार समय-समयमा ग्रह र नक्षत्रहरूको राशि परिवर्तन भइरहन्छ। जसका कारण त्रिग्रही योग र राजयोगको सिर्जना हुन्छ र यिनै योगको प्रभाव मानव जीवन तथा देश र विश्वमा असार देख्न सकिन्छ । धनु राशिमा त्रिग्रही योग बन्न लागेको छ। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर त्यहाँ ३ राशिहरु छन् जसले यस समयमा शुभ प्रभाव पर्नेछ । जान्नुहोस् कुन-कुन राशिका ?
वैदिक ज्योतिषका अनुसार सबैभन्दा पहिले ग्रहहरूको राजकुमार बुध धनु राशिमा प्रवेश गर्नेछ। यसपछि धन र समृद्धिको कारक ग्रह शुक्र धनु राशिमा प्रवेश गर्ने छन्। योसँगै ग्रहहरूका राजा सूर्यदेव पनि धनु राशिमा प्रवेश गर्दैछन् । जसका कारण धनु राशिमा त्रिग्रही योग बन्नेछ ।
कुम्भ राशि
त्रिग्रही योग यस राशिका व्यक्तिको लागि अनुकूल साबित हुन सक्छ। यस समयमा तपाईंको आम्दानीमा ठूलो वृद्धि हुन सक्छ। त्यस्तै आयका नयाँ माध्यमहरू मार्फत पैसा कमाउन सफल हुन सक्नुहुन्छ। यो समय साझेदारीको काम सुरु गर्न राम्रो छ।
सिंह राशि
त्रिग्रही योग यस राशिको लागि लाभदायक साबित हुन सक्छ। यस समयमा सन्तान पक्षबाट केही शुभ समाचार प्राप्त हुन सक्छ। साथै यस समयमा सन्तानको सुख पनि प्राप्त गर्न सकिन्छ। यससँगै प्रेम सम्बन्धमा पनि मिठास देखिनेछ।
मीन राशि
त्रिग्रही योगको निर्माणबाट यस राशिको लागि शुभ दिनको सुरुवात हुनेछ। सय योगको प्रभावले व्यापारमा आकस्मिक आर्थिक लाभ हुने सम्भावना छ। करियरमा नयाँ कामको प्रस्ताव प्राप्त गर्न सकिनेछ। साथै भाग्यको सहयोगले रोकिएका कामहरु बन्न सक्नेछन्। अर्कोतर्फ, शिक्षा क्षेत्रसँग जोडिएकाहरूका लागि यो समय राम्रो साबित हुन सक्छ।