आगामी शनिबारबाट २३ दिनसम्म यी राशिलाई हुनेछ अत्यन्तै शुभ, कुन-कुन राशि ?

ग्रहहरूको राजकुमार बुधलाई धन, बुद्धि, तर्क र सञ्चार आदिको कारक मानिन्छ। बुध एक पटक राशि परिवर्तन गरेपछि त्यस राशिमा २३ दिनसम्म रहन्छन्। अब डिसेम्बर ३ मा बुध वृश्चिक राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछ। बुधको राशि परिवर्तनले सबै १२ राशिलाई असर गर्नेछ। तर, केही राशिका लागि बुधको गोचर शुभ र फलदायी साबित हुनेछ । जान्नुहोस् बुध राशि परिवर्तनले कुन राशिका लागि शुभ हुनेछ ?

मिथुन राशि

मिथुन राशिका व्यक्तिहरूलाई बुधको राशि परिवर्तनले सकारात्मक परिणाम प्राप्त हुनेछ। यस अवधिमा व्यवसायीले बढी नाफा कमाउनेछन् । साझेदारी कार्यमा लाभ हुनेछ। यस अवधिमा रोकिएको धन प्राप्त हुन सक्छ। प्रगतिको सम्भावना छ ।

सिंह राशि

सिंह राशि हुनेहरुका लागि यो समय शुभ रहनेछ । करियरको हिसाबले यो समय उत्कृष्ट रहनेछ । यस अवधिमा कार्य क्षेत्रमा राम्रो प्रदर्शन गर्नुहुनेछ। विद्यार्थीहरूले राम्रो समाचार पाउन सक्छन्। प्रेम जीवन राम्रो रहनेछ। पुरानो लगानीबाट लाभ मिल्ने देखिन्छ।

कन्या राशि

कन्या राशिका लागि बुधको राशि परिवर्तन शुभ र फलदायी साबित हुनेछ। यस अवधिमा लगानीको पूर्ण लाभ पाउनुहुनेछ। आमाको सहयोगले कुनै पनि ठूलो काममा सफलता मिल्नेछ । काममा सफलता मिल्नेछ । बुधको पारगमनले आर्थिक क्षेत्रमा लाभ मिल्नेछ।

धनु राशि

धनु राशिका लागि बुधको राशि परिवर्तन शुभ रहनेछ। बुधको गोचरमा यस राशिका व्यक्तिहरूले प्रगति गर्नेछन्। जागिरमा पदोन्नति मिल्न सक्छ । व्यापारीहरूले लाभ पाउनेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ। साझेदारीमा गरेका कामबाट लाभ मिल्नेछ । यस अवधिमा कुनै पनि नयाँ कामको थालनी गर्दा लाभ हुनेछ।

कुम्भ राशि

कुम्भ राशिका लागि बुधको राशि परिवर्तन शुभ साबित हुन सक्छ। यस समयमा आम्दानीमा वृद्धि हुन सक्छ। भाग्यले साथ दिनेछ। विद्यार्थीहरुको लागि यो समय शुभ रहनेछ ।

अर्को समाचार:

आत्मविश्वासका आधारमा हरेक कठिनाईलाई सहजै पार गर्छन्, यस राशिका व्यक्ति हुन्छन् निकै निडर !