धार्मिक मान्यता अनुसार एकादशी व्रत सबैभन्दा कठिन व्रत मानिन्छ । यस दिन व्रत र पूजा गर्नाले पूर्व जन्मको पापबाट मुक्ति मिल्छ । र भगवान विष्णुको कृपा प्राप्त हुन्छ। प्रत्येक महिना एकादशीमा दुई व्रत गरिन्छ। यसै महिनाको कृष्ण पक्षको एकादशी तिथिमा सफला एकादशी व्रत गरिन्छ । यस पटक सफला एकादशी पौष ४ गते परेको छ । र यो अंग्रेजी वर्षको अन्तिम एकादशी हो ।
ज्योतिष शास्त्रका अनुसार यस दिन भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्नाले सबै मनोकाङ्क्षा पूरा हुन्छ र जीवनको सबै दुःखबाट मुक्ति मिल्छ। यस दिनको पूजा गर्नाले व्यक्तिले सबै समस्याबाट मुक्ति प्राप्त गर्दछ। सफला एकादशीको तिथि, शुभ समय र महत्त्व बारे जान्नुहोस्।
धार्मिक मान्यता अनुसार सफला एकादशीको पौष ४ गते सोमबार मनाइनेछ। यो वर्षको अन्तिम एकादशी हुनेछ । पौष महिनाको कृष्ण पक्षको एकादशी पौष ४ गते बिहान ०३:४७ बजे सुरु हुनेछ र पौष ५ गते ०२:४७ बजे समाप्त हुनेछ। सफला एकादशी पराणको समय पौष ५ गते बिहान ८:२० बजेदेखि ९:२७ बजेसम्म हुनेछ।
सफला एकादशीको विशेष महत्त्व शास्त्रमा उल्लेख गरिएको छ । पुराणका अनुसार युधिष्ठिरले सोध्दा भगवान श्रीकृष्णले एकादशीको व्रतबाट जति तृप्ति मिल्छ त्यति ठूलाठूला पूजा-अर्चा र यज्ञबाट पनि त्यति सन्तुष्टि नहुने बताए । शास्त्र अनुसार यस दिन व्रत राख्नाले व्यक्तिलाई सौभाग्य प्राप्त हुन्छ । साथै जसले पूर्ण भक्ति र साँचो मनले भगवान विष्णुको उपासना र व्रत गर्दछ, उसले मृत्यु पछि स्वर्ग स्थान प्राप्त गर्दछ। यससँगै व्यक्तिको जीवनमा सुख, समृद्धि प्राप्त हुन्छ।