बिहीबार भगवान विष्णुलाई प्रसन्न पर्न अवश्य गर्नुहोस् यस्ता उपाय, आर्थिक समस्या हटेर चम्किनेछ भाग्य !

धार्मिक मान्यता अनुसार हरेक दिन कुनै न कुनै भगवानको नाममा समर्पित हुने गर्दछ । बिहीबार भगवान विष्णुलाई समर्पित छ। यस दिन गुरु बृहस्पति र विष्णुको पूजा गरिन्छ। बिहीबारको दिन विष्णु भगवानको पूजा–आराधना गर्नाले सबै अशुभ फल समाप्त भई परिवारमा सुख–समृद्धि आउने विश्वास पनि रहेको छ।

आर्थिक समस्याबाट ग्रसित हुनुहुन्छ भने बिहीबार उल्लेखित पूजा पनि अवश्य गर्नुपर्छ । ज्योतिषमा गुरु अर्थात् बृहस्पति गृहलाई शुभ ग्रह मानिन्छ । यस ग्रहले आध्यात्मिक उन्नतिका साथै धन समृद्धि ल्याउँछ र साथै जीवनमा प्रतिष्ठा र ज्ञान प्रदान गर्ने ग्रहको रूपमा पनि लिइन्छ। यदि कुनै व्यक्तिको कुण्डलीमा बृहस्पतिको स्थितिमा कमजोर छ वा काममा समस्या भइरहेको छ भने, यी सरल उपायहरू अपनाउन सकिन्छ । जसका कारण धन सम्बन्धी समस्याबाट छुटकारा मिल्नेछ ।

बिहीबार भगवान विष्णुलाई समर्पित छ। त्यसैले यस दिन यदि आफ्नो मनोकामनाको फल प्राप्त गर्न चाहनुहुन्छ भने पहेँलो वस्त्र लगाएर भगवान विष्णुको पूजा गर्नुहोला। यसबाट भगवान विष्णुको विशेष आशीर्वाद प्राप्त हुनेछ। भगवान विष्णुलाई पहेँलो रङ्ग धेरै मन पर्छ।

केराको रुख गुरुदेव बृहस्पतिसँग सम्बन्धित भएकाले बिहीबार केराको रुखको पूजा गर्नु शुभ मानिन्छ। त्यसैले बिहीबार केराको रुखको सात परिक्रमा गर्नु  धेरै लाभदायक हुन सक्छ। करियरको चिन्ता छ भने केराको रुखको सात परिक्रमा गरेर केराको रुखमा जल चढाउनुहोस् । यदि विवाहमा ढिलाइ भइरहेको छ भने, यो उपाय उनको लागि पनि लाभदायक मानिन्छ।

आर्थिक समस्याबाट ग्रसित हुनुहुन्छ भने बिहीबार अवश्य गर्नुहोस् यो सानो उपाय । यसबाट तपाईलाई धेरै फाइदा हुनेछ। बिहीबार चामलको खीर बनाउनुहोस् र यसमा केसर मिसाउनुहोस्। यो खीर भगवान विष्णुलाई चढाउनुहोस् र त्यसपछि आफूले पनि सेवन गर्नुहोस् ।

अर्को समाचार:

वास्तुका अनुसार धन लाभ हुनुअघि देखिन्छ यस्ता सङ्केत, बेवास्ता नगर्नुहोस् !