आचार्य चाणक्यले सुखी र सफल जीवन बिताउन आफ्ना नीति शास्त्रमा विभिन्न उपाय दिएका छन् । उनले महिला र पुरुषमा कस्ता गुण हुनुपर्छ र कस्ता बानीहरूबाट टाढा रहनुपर्छ भन्ने बताएका छन् । चाणक्य नीतिमा भनिएको छ कि महिलाहरुको केही गलत कुराहरुले उनीहरुलाई सबैभन्दा बढी हानि पुर्याउँछ । उनीहरुको यस्ता बानीका कारण उनीहरु जीवनभर दुःख भोग्छन् । जान्नुहोस् ती बानीहरू वा गल्तीहरू जसबाट हरेक महिलाले टाढै रहनुपर्छ, नत्र उनी र उनको परिवारले सधैँ दुःख पाउँछ।
रोगलाई बेवास्ता गर्ने: महिलामा आफ्नो शारीरिक वा मानसिक समस्या लुकाउने बानी सामान्य मानिन्छ । उनीहरु आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्छन् र पछि रोग बढ्दै जाँदा ठूलो समस्याको सामना गर्छन्। घरको धुरी भनिने महिलाको रोगले सिङ्गो परिवारलाई हल्लाइदिन्छ । त्यसैले महिलाहरूले आफ्नो उपचारमा ढिलाइ गर्नु हुँदैन।
झुट : कहिलेकाहीँ झुट बोल्दा फाइदा पनि हुन्छ तर महिलाको हरेक कुरामा झुट बोल्नु उनको लागि मात्र होइन सम्पूर्ण परिवारको लागि समस्याको कारण बन्न पुग्छ । यस्तो महिलाले आफ्नो इज्जत गुमाउनुका साथै परिवारको पनि मानहानि हुन्छ । त्यसैले महिलाले सधैँ राम्रो व्यवहार र आचरण गर्नुपर्छ।
मन्जुरी बिना हरेक निर्णय गर्ने: धेरै पटक महिलाले परिवारको हितका लागि आफ्नो सहमतिबिना पनि हरेक निर्णय स्वीकार गर्छन् । हरेक मामिलामा महिलाहरु आफ्नो मनको कुरा गर्नबाट पछि हट्छन्, तर त्यसो गर्दा उनीहरुलाई धेरै समस्यामा भोग्नु पर्ने हुन्छ । महिलाहरूले पनि आफ्नो इच्छा व्यक्त गर्नुपर्छ र आफ्नो आत्मसम्मान कायम राख्न आवश्यक कदम चाल्नु पर्छ। नत्र स्वाभिमान बिनाको जीवन जिउनु भनेको जनावरको जस्तै जीवन जिउनु हो ।