ज्योतिषीय दृष्टिले अबको केही समय यी राशिलाई लाभकारी हुने, जान्नुहोस् कुन-कुन राशि ?

आगामी डिसेम्बर महिना धेरै ग्रह र नक्षत्रको स्थितिमा परिवर्तन हुनेछ। नोभेम्बर १३ मा बुध ग्रहको राजकुमार तुला राशिबाट वृश्चिक राशिमा प्रवेश गरेको छ । नोभेम्बर १६ मा सूर्यले पनि यस राशिमा प्रवेश गरेको छ । सूर्य वृश्चिक राशिमा प्रवेश गर्दा बुद्धादित्य योग बनेको छ । जुन डिसेम्बर ३ मा बुधको राशि परिवर्तनसँगै समाप्त हुनेछ। ज्योतिषीहरुका अनुसार बुद्धादित्य योगले डिसेम्बर ३ सम्म केही राशिका मानिसहरुको जीवनमा परिवर्तन ल्याउन सक्छ । जान्नुहोस् यी भाग्यशाली राशिहरु-

कर्कट राशि

कर्कट राशि भएका व्यक्तिललाई वृश्चिक राशिमा बनेको बुद्धादित्य योगबाट लाभ मिल्नेछ। यो समयमा सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । परीक्षामा राम्रो नतिजा आउनेछ । पेसा र व्यापारमा पनि फाइदा हुनेछ।

कन्या राशि

कन्या राशिका लागि बुधादित्य योग लाभदायी रहनेछ । यस अवधिमा साहस र पराक्रम बढ्नेछ। दाजुभाइसँगको सम्बन्ध सुमधुर रहनेछ । घरपरिवारमा खुसी रहनेछ। जीवनमा कुनै नयाँ उपलब्धि हासिल गर्न सकिनेछ।

वृश्चिक राशि 

बुधादित्य योग सूर्य र बुधको संयोगले वृश्चिक राशिमा मात्र बनेको छ। त्यसैले यो समय यस राशिको लागि धेरै लाभदायक रहनेछ। यस अवधिमा बुवाको सहयोगबाट लाभ मिल्नेछ। रोकिएका काम पुरा हुनेछन् । धन आगमनको योग छ।

कुम्भ राशि 

 

कुम्भ राशिका लागि बुद्धादित्य योग निकै लाभदायक साबित हुनेछ । शुक्र र सूर्यको संयोगले बनेको अष्टलक्ष्मी योगले पनि यस राशिको लागि सकारात्मक परिणाम ल्याउनेछ। नोकरी तथा व्यवसायमा लाभ हुनेछ । आर्थिक अवस्था पहिलेको भन्दा बलियो हुनेछ।

अर्को समाचार:

सपनाको संसारमा रमाउने गर्छन् यी ४ राशिका मानिस, वास्तविक जीवनबाट रहन्छन् निकै टाढा !