साताको शुभ राशि: यस साता यी राशिलाई हुनेछ अत्यन्तै शुभ, जान्नुहोस् कुन-कुन राशि ?

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन-कुन राशिलाई शुभ हुनेछ ?

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सातालाई नराम्रो भन्न सकिँदैन । रमाइला कार्यक्रम प्रशस्त पर्नेछन्। पढाइ एवं लेखाइमा निकै समय जाला। सम्मान र प्रतिष्ठामा बढोत्तरी हुने समय छ। स्वास्थ्यको स्थिति भने हाल मध्यम खालको देखा पर्छ। पढाइमा भन्दा लिपिबद्ध गर्ने काममा बढी समय जाला।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यो साता मनमा डर लागिरहला । तैपनि बिग्रने समय छैन । हिँडाइ भने प्रशस्त होला । यात्राको सम्भावना निकै छ । त्यस्तै विवाह र प्रेमसम्बन्धी कुरामा पनि प्रगति हुन सक्छ । स्वास्थ्यका बारेमा सतर्क हुनुहोस् । व्यापार, व्यवसायमा भने सामान्य लाभ मात्र लिन सक्नु हुनेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

पहिलेको जस्तो जटिल समस्या छैन । धेरै कठिनाइ हटेर जानेछन् । मित्र सहयोग राम्ररी नै पाइएला । पढाइतिर ध्यान दिएमा केही नयाँ कुराको ज्ञान थपिन सक्छ । सूर्यको आराधना भने गरिरहनुहोस् । नोकरीबाट हाल फाइदा हुने स्थिति छ ।

अर्को समाचार:

मंसिर ६ गते मंगलबार ४ राशिलाई अत्यन्तै शुभ, ३ राशि रहनुहोस् सावधान, हेर्नुहोस् राशिफल !