भोलि धनतेरस यी ७ उपाय मध्य अवश्य गर्नुहोस् एक उपाय, प्रसन्न हुन्छिन् माता लक्ष्मी!

धनतेरसलाई धन त्रयोदशी पनि भनिन्छ। हिन्दु पात्रो अनुसार धनतेरस कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन मनाइन्छ। धन त्रयोदशीका दिन समुन्द्र मन्थनका क्रममा भगवान धन्वंतरी हातमा अमृत कलश लिएर प्रकट भएको जनविश्वास छ। भगवान धन्वंतरीलाई आयुर्वेदको प्रवर्तक मानिन्छ। जान्नुहोस् धनतेरसको दिन कुन-कुन उपाय अपनाएर घरमा लक्ष्मीको आगमन हुन्छ-

भाँडाकुँडा

धनतेरसको दिन भाँडाकुँडा किन्ने चलन छ। यद्यपि यस दिन केवल काँसाका भाँडाहरू किनेर घरको पूर्व दिशामा राख्नुपर्छ।

लगानी

धनतेरसको दिनमा लगानी गर्नु लाभदायक मानिन्छ। यस दिन धनसँग सम्बन्धित जुनसुकै काम गरे पनि पूरा हुने र शुभ फल प्राप्त हुने विश्वास रहेको छ।

धनियाको बीज

धनतेरसको दिन धनिया किन्ने चलन पनि छ। धनियालाई सुख र समृद्धिको प्रतीक मानिन्छ भन्ने विश्वास गरिन्छ। यस दिन धनियाको दाना लक्ष्मी मातालाई चढाएपछि तिजोरीमा राख्नुपर्छ।

चाँदी

धनतेरसको दिन चाँदी किन्नु धेरै शुभ मानिन्छ। चाँदीलाई चन्द्रमाको प्रतीक मानिन्छ। चन्द्रमाले मनलाई शीतलता दिन्छ। यस्तो अवस्थामा मनलाई शान्त राख्न चाँदीको जुनसुकै वस्तु खरिद गर्न सकिन्छ।

दीपदान

धनतेरसको दिन दीपदान गर्नुको पनि विशेष महत्व छ। यस दिन साँझ मुख्य द्वारमा १३ वटा दीप प्रज्वलन गर्नुपर्छ। यस दिन राति सुत्नुअघि दियो जलाउने गरिन्छ र यो दियो दक्षिण दिशामा मात्र बाल्नु पर्छ। दक्षिण दिशा यमको दिशा हो।

कौडा (गोमती चक्र)

धनतेरसको दिन ११ वटा गोमती चक्र किन्नु शुभ मानिन्छ। यो गोमती चक्रलाई पहेँलो कपडामा बाँधेर आफ्नो धन राख्ने ठाउँमा राख्नुहोस्।

सोह्र शृंगारको सामान

धनतेरसको दिन विवाहित महिलालाई श्रृंगारका सामानहरू दिनु शुभ मानिन्छ। यसका साथै रातो सारी र सिन्दुर दान गर्नु पनि शुभ मानिन्छ।

अर्को समाचार:

घरमा माता लक्ष्मीको वास होस् भन्ने चाहनुहुन्छ, लक्ष्मी पूजामा गर्नुहोस् यी उपाय, हुनेछैन धनको कमी !