धनतेरसको दिन नभुली अवश्य गर्नुहोस् यस्ता काम, मान्यता अनुसार कहिल्यै हुने छैन धनको कमी !

तिहार दोस्रो ठूलो पर्व हो। यस वर्ष तिहारको मुख्य दिन लक्ष्मी पूजा कार्तिक ७ गते मनाइदै छ । धनत्रयोदशी अर्थात् धनतेरसको पर्व दीपावली अघि नै मनाइन्छ, जुन यस वर्ष कार्तिक ६ गते आइतबार मनाइँदैछ । धनत्रयोदशी मानिसहरूका लागि धेरै प्रकारले शुभ र महत्त्वपूर्ण छ। धनत्रयोदशीमा नयाँ भाँडाकुँडा किन्नु शुभ मानिन्छ ।

धनत्रयोदशीको दिन किनमेल गर्नाले घरमा सुख,समृद्धि र ऐश्वर्य आउने तथा लक्ष्मी देवीको कृपा हुने विश्वास रहेको छ । साथै, उनको कृपा वर्षमा रहने मान्यता रहेको छ ।

ज्योतिष शास्त्रका अनुसार यदि यस दिन धनकी देवी लक्ष्मी र भगवान कुबेरलाई प्रसन्न पार्न चाहनुहुन्छ भने धनत्रयोदशीपछि रातो कपडामा बेसार सहित २१ वटा चामलजी दाना बाँधेर आफ्नो तिजोरी वा धन स्थानमा राख्नुहोस् । यसो गर्नाले घरमा धनको कमी नहुनुका साथै घरमा सुख-समृद्धि आउने विश्वास गरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार धनत्रयोदशीको दिन पूजा गर्दा कुन दिशामा पूजा गरिँदै छ विशेष ख्याल गर्नु जरुरी छ । यस दिन भगवान कुबेरको पूजा गरिन्छ र भगवान कुबेरको दिशा उत्तर दिशा मानिन्छ। धनत्रयोदशीको दिन उत्तर दिशामा नगद वा पैसा राखेर पूजा गर्नाले भगवान कुबेरको कृपा प्राप्त हुन्छ ।

धनत्रयोदशीको दिन कुबेरसँगै माता लक्ष्मीको पनि पूजा गरिन्छ, किनभने लक्ष्मी धनकी देवी हुन् । यदि लक्ष्मी मातालाई प्रसन्न पार्न चाहनुहुन्छ भने यस दिन बजारबाट नयाँ कुचो किन्नुहोस् र धनत्रयोदशीको दिन किनेको नयाँ कुचो घरमा ल्याउनु समृद्धिको संकेत मानिन्छ ।

धनत्रयोदशीको दिन घरमा देवी लक्ष्मीको श्री यंत्र स्थापना गर्नु अत्यन्त शुभ मानिन्छ। दीपावलीसम्म यस यन्त्रको पूजा गर्नुहोस्, त्यसपछि घर वा कार्यालयमा उत्तर दिशामा राख्नुहोस्। यसो गर्नाले लक्ष्मीको कृपा प्राप्त हुने जनविश्वास छ ।

धनत्रयोदशीको लागि बजारमा किनमेल गर्दै हुनुहुन्छ, ११ गोमती चक्रहरू किन्न सक्नुहुन्छ र घर ल्याउन सक्नुहुन्छ। घर ल्याएपछि त्यसमा चन्दन लगाएर लक्ष्मीको पूजा गर्ने र माता लक्ष्मीको मन्त्र जप गर्ने । यस पछि, यसलाई पैसा राख्ने ठाउँ वा घरमा सुरक्षित स्थानमा राख्नुहोस्। मान्यता अनुसार यसो गर्नाले घरमा माता लक्ष्मीको कृपा सदैव रहन्छ ।

अर्को समाचार:

पर्सि शुक्रबार परेको छ रमा एकादशी, अवश्य गर्नुहोस् यस्ता काम: पूरा हुनेछ मनोकामना !