धार्मिक मान्यता अनुसार लक्ष्मीनारायण योगको विशेष महत्त्व रहेको छ । यो योग बुध र शुक्रको संयोगबाट बनेको हो । धन र वैभव दिने शुक्र ग्रह अक्टोबर १८ मा तुला राशिमा प्रवेश गर्दैछ । त्यस्तै ग्रहहरूको राजकुमार बुध ग्रहले अक्टोबर २६ मा तुला राशिमा गोचर गर्नेछ। जसका कारण ‘लक्ष्मी नारायण’ योग बन्नेछ र यस योगको प्रभाव सबै राशिहरुमा देखिनेछ । तर यहाँ ३ राशि छन्। जसलाई यस समयमा धेरै लाभ हुनेछ । जान्नुहोस् यी कुन-कुन राशि हुन् ।
कन्या राशि
यस राशिको लागि ‘लक्ष्मी नारायण योग’ शुभ साबित हुन सक्छ। यस योग कन्या राशिको कुण्डलीमा दोस्रो स्थानमा बनेको छ । जसलाई ज्योतिषमा धन र वाणीको स्थान मानिन्छ । यस समयमा तपाईँको विचाराधीन काम पूरा हुनेछ। ऋणमा डुबेको धन फिर्ता हुनसक्छ । व्यापार विदेशसँग सम्बन्धित छ भने, यस समयमा राम्रो धन कमाउने सम्भावना छ। यस समयमा करियरमा सफलता मिल्ने सम्भावना छ। यसका साथसाथै मान सम्मान पनि बढ्नेछ ।
धनु राशि
यस योगको कारण धनु राशिको आम्दानीमा राम्रो वृद्धि हुनेछ। किनभने यस शुभ संयोग धनु राशिको ११ औँ स्थानमा बनेको छ । सरकारी जागिरको तयारीमा रहेका मानिसहरूले पनि शुभ समाचार पाउन सक्छन्। धन सम्बन्धित मामिलाहरू आफ्नो पक्षमा रहन सक्छन्। यस समयमा सेयर बजार र सट्टे-बाजी, चिट्ठामा धन कमाउन सक्नुहुन्छ। यस समयमा, कार्यक्षेत्रमा उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध स्थापित हुनेछ। घरपरिवारमा मांगलिक तथा धार्मिक कार्यक्रम आयोजना हुनसक्छ । तर यस समयमा लेनदेन गर्दा सावधान रहनुहोस्। अन्यथा क्षति हुन सक्छ।
मकर राशि
लक्ष्मी नारायण योगले यस राशिको लागि करियर र व्यापारमा राम्रो सफलता दिन सक्छ। किनकि यो योग यस राशिको दशम भावमा बन्नेछ । तसर्थ, यस समयमा रोकिएको पैसा प्राप्त गर्न सक्नुहुन्छ। व्यापार विस्तार हुनसक्छ । साथै, कार्यस्थलमा आफ्नो साहसी स्वभावले तपाईलाई प्रत्येक कार्य पूरा गर्न मद्दत गर्नेछ।