यी ३ उपाय जसले सौभाग्यमा बदलिन्छ दुर्भाग्य, जान्नुहोस् !

कर्मको फललाई कसैले पनि रोक्न सक्दैन, त्यो हरेक परिस्थितिमा भोग्नु नै पर्छ। तर यसको उपाय निश्चित छ जुन अनौपचारीक वा असंभव हुनसक्छ। उनको परीवर्तनको प्रविधिमा काम गर्दा चेन्नईको आध्यात्मवादको वैदिक संस्थानले केही उपायहरू सुझाव दिएको छ, जसको माध्यमबाट आफ्नो भविष्यको भाग्य ठूलो मात्रामा परीवर्तन गर्न सकिन्छ। ती उपायहरूको बारेमा व्याख्या गर्दै संस्थानको प्रो. सोमदेव शर्माले केही सुझावहरू लेखेका छन्।

पहिलो तरीका : अहिलेसम्म तपाईको जुन समय तालिका छ त्यसलाई भुलेर हरेक दिन बिहान सूर्योदय हुनुभन्दा पहिले जसरि भएपनि  ओछ्यान छोडेर उठ्नु पर्दछ। धोएको सफा कपडा लगाएर नित्य कर्महरु सकेर पूर्व दिशा मुख फर्काएर बस्नुहोस्। विहान उदाउदो सिन्दुर रङ्गको सुर्यलाई हेर्नुहोस। १५ देखि २० मिनेटसम्म बिहानको अरूणिम आभाको ध्यान गर्नुहोस र सुख-समृद्धिका साथ मनमा प्रसन्नता महसुस गर्नुहोस।

दोस्रो तरीकाः  यसमा कुंडलिनी शक्तिको जागरणमा केन्द्रित  गर्न आग्रह गरीएको छ। आध्यात्मिक विशेषज्ञहरूका अनुसार कुंडलिनी शक्ति शरीरमा स्पाइनल स्तम्भमा अवस्थित छ। यसलाई उठाएर दुर्भाग्य मेटाउन सकिन्छ। सुरुको समयमा कम्मर सीधा गरेर बस्ने रूपमा अभ्यास गरीन्छ। ती व्यक्तिहरू जसले आफ्नो भाग्य र भविष्य परीवर्तन गर्न चाहन्छन्, उनीहरुले तुरुन्तै यसलाई सुरू गर्नुपर्छ। जहाँ बस्दा पनि आफ्नो ढाडलाई सिधा राख्नुहोस् । कमर झुकाएर बस्दा कुन्डलिनी शक्तिले हराउन थाल्छ। जस कारणले गर्दा मानिस दुर्भाग्यबाट चाडै प्रभावित  हुन्छ।

तेस्रो तरीकाः सबै इष्टमित्र शक्तिको महत्वबाट परिचित छन्। यो सफलताको उपाय हो। इष्टमित्र अर्थात इष्टदेवताको आराधनाको लागि जपिने मन्त्र। आध्यात्मिक विशेषज्ञहरूका मान्यता छ कि जुन व्यक्ति दैनिक सूर्योदयको निश्चित समयमा, निश्चित ठाउँमा शुद्ध आसनमा बसेर २० मिनेट जप गर्छ  उसको हरेक नराम्रो भाग्य वा कर्मफलहरुको नाश हुन थाल्छ। पहिलो दिन देखि नै सौभाग्य उदाउन थाल्छ।

अर्को समाचार:

करियरको हिसाबले २०७९ बाँकी समय कस्तो रहला ? हेर्नुहोस् १२ राशिको अवस्था !