अक्टोबर महिना १२ वटै राशिका लागि शुभ-अशुभ कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि अक्टोबर महिना राम्रो रहनेछ। शनि देवको राशि परिवर्तनको प्रभावको कारण व्यक्तिगत जीवनको उतारचढाव हट्नेछ। रोजगारीका नयाँ अवसरहरु उपलब्ध हुनेछन्। यो संगै यदि तपाई एक व्यापार शुरू गर्न चाहानुहुन्छ, एक ज्योतिषको सल्लाह लिनुहोस् र शुभ समयमा यसलाई शुरू गर्नुहोस्। परिवारका सदस्यहरुमा तपाईको सम्मान बढ्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

अक्टोबर महिना वृष राशि भएका मानिसको लागि खासै राम्रो छैन । गरेका काम अधुरै रहन सक्छ । काममा सहकर्मीको सहयोग प्राप्त भए पनि काममा विभिन् उल्झन आउन सक्छ । परिवारमा कलह बढ्नेछ । मान हानिको सम्भावना रहेको छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

भाग्यले साथ दिनेछ । तपाईको जीवनमा सकारात्मक प्रभाव पर्नेछ । काममा मन जानेछ । साथै काममा सफलता पाउनु हुनेछ स्वास्थ्यमा आएको समस्या कम भएर जानेछ । अधुरा काम पुरा हुनेछ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आम्दानीको हिसावले दिन सामान्य रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । काममा सहकर्मीबाट विश्वास घात हुनसक्छ । आकस्मिक धन लाभ हुनेछ । आकस्मिक स्वास्थ्यमा समस्या आउने हुँदा स्वास्थ्य उपचारमा धन खर्च हुनसक्छ । सामाजिक मान सम्मान बढ्नेछ । विदेशमा रहेका आफन्तबाट शुभ समाचार मिल्नेछ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –


यस राशि भएका मानिसको लागि समय अनकुल रहेको छ । सन्तानको स्वास्थ्य चिन्ता बढ्नेछ । यात्रामा अवरोध हुनसक्छ । व्यापार व्यवसायमा नोक्सान हुनसक्छ । अचल सम्पतिको लेन-देन गर्नको लागि समय उचित रहेको छैन ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –


मनमा नकारात्मक विचारको हाबी हुनेछ । पेट सम्बन्धि समस्याले सताउनछ । भाइ बहिनि सँग विवाद हुनसक्छ । सामाजिक रुपमा अपमानित हुन सक्ने हुँदा सचेत रहनुहोला ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –


पारिवारिक सम्बन्धमा सुखद अनुभूति हुनेछ। शनि देवको प्रतिकूल प्रभाव कम हुनेछ। आपसी सम्बन्ध अझ राम्रो हुनेछ। वाहन वा अचल सम्पत्ति किन्ने संकेत छ । आपसी सम्बन्ध अझ राम्रो हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –


यस महिना वृश्चिक राशीक मानिसको लागि सोचे अनुरुपाको काम हुनसक्ने छैन । आखाँ सम्बन्धि समस्याले सताउन सक्छ । व्यापार व्यवसाय भएको लाभमा कमी आउन सक्छ । आमाको स्वास्थ्य चिन्ता बढ्नेछ । लामो दुरीको यात्रा नगर्नु होला ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –


धनु राशि भएका मानिसलाई यस महिना मध्यम फलदाही रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । काममा सहकर्मीको साथ सहयोग रहनेछ । आकस्मिक धन लाभ हुने भेए पनि खर्च बढ्ने छ । सामाजिक मान सम्मान बढ्नेछ । विदेशमा रहेका आफन्तबाट साथ सहयोग प्राप्त हुनेछ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

यस समयमा मकर राशी भएका मानसिको जीवन शनि देवको शुभ प्रभाव धरै नै परेको छ । त्यसैले यस समयमा मकर राशि लागी धेरै राम्रो साबित हुनेछ। यस राशिका मानिसहरु धनको राम्रो सँग संचय गर्न सक्षम हुनेछन्। स्वास्थ्यमा पनि सुधार आउनेछ। शनि देवको प्रभावको कारण तपाईको लक्ष्य पुरा हुनेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –


कुंभ राशिका मानिसहरु आध्यात्मिकता तिर लाग्नेछन्। दाम्पत्य जीवनमा अनुकूल परिवर्तन आउनेछ। यस समयमा तपाईले गरेका कमले तपाईको मन सम्मान बढाउने छ । व्यापारमा सफलता मिल्नेछ तर लेनदेनको मामलामा थोरै सावधान रहनु आवश्यक छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –


यस अक्टुबर महिना मीन राशी भएका मानसिको लागि मध्यम फलादाही रहेको छन् । बहुमुल्य वस्तु हराउ सक्छ । आम्दानीको श्रोतमा कमि आउनेछ । मानसिक तनाब बढ्नेछ । सन्तानको स्वास्थ्य उपचारमा धन खर्च हुनेछ । शत्रु सक्रिय हुनेछन् ।

अर्को समाचार:

दशैंपछि यी राशिको बढ्न सक्छ समस्या, शुक्र ग्रहको पर्नेछ अशुभ प्रभाव !