शरीरमा छेपारो खस्नुको अर्थ के हुन्छ ? ज्योतिष शास्त्र अनुसार जान्नुहोस् शुभ-अशुभ कस्तो हुन्छ !

ज्योतिषशास्त्रका अनुसार प्रकृतिले भविष्यमा हुने सम्भावित घटनाहरूबारे सचेत गराउन धेरै माध्यमहरू बनाएको विश्वास गरिन्छ। पशु, पंक्षी र जनावरहरू पनि ती माध्यमहरूमध्ये एक हुन्। पशु, पंक्षी र जनावरहरूले पनि हामीलाई धेरै कुराहरूमार्फत भविष्यमा हुन लागेको घटनाहरूको सङ्केत दिन्छन्।

अहिलेको समयमा यस्ता कुरालाई पूर्ण रूपमा विश्वास गरिँदैन तर शकुन शास्त्रमा पशु, पक्षी आदिबाट प्राप्त सङ्केतहरूको स्पष्ट वर्णन छ। सबैको घरमा हुने छेपारोलाई भविष्यमा हुने धेरै घटनाको सङ्केत पनि मानिन्छ । तपाईले सबै कुरा बुझ्नु आवश्यक छ, त्यसैले हेर्नुहोस् छेपारोको शरीरको कुन भागमा खसेको परिणाम के हुन्छ-

शकुन शास्त्रका अनुसार यदि कुनै व्यक्तिको टाउको वा दाहिने हातमा छेपारो पर्‍यो भने मान-सम्मान प्राप्त हुन्छ। शकुन शास्त्रका अनुसार छेपारो बायाँ हातमा परेमा धन हानि हुन सक्छ । छेपारो व्यक्तिको दाहिनेतर्फ खसेर देब्रेतर्फ गएमा भए पदोन्नति, धन लाभको सम्भावना रहेको छ । शकुन शास्त्रमा दिइएको विवरण अनुसार नयाँ घरमा प्रवेश गर्दा घरधनीले मरेको र फोहोर छेपारो देखेमा परिवारका सदस्य बिरामी पर्न सक्छन् ।

शकुन शास्त्रका अनुसार छेपारोले आवाज निकालेको सुनेमा पुरानो साथीसँग भेटघाट हुनसक्छ । यदि छेपारो शारीरिक सम्बन्धपछि अलग भएको देखियो भने आफन्तसँग बिछोडको पीडा भोग्नुपर्ने हुनसक्छ । छेपारो झगडा गरेको देखिएमा चिने जानेको व्यक्तिसँग झगडा हुने सम्भावना रहन्छ ।

शकुन शास्त्रका अनुसार दिउँसो खाना खाँदा छेपारो कराएको आवाज सुनिएमा छिट्टै शुभ समाचार वा शुभ फल प्राप्त हुन्छ । तर यो धेरै दुर्लभ छ, किनकि छेपारोले प्रायः रातमा आवाज निकाल्छ। शकुन शास्त्रका अनुसार महिला र पुरुषको विभिन्न अंगमा छेपारो खस्दा फरक फरक हुन्छ । पुरुष र महिलाको अङ्ग फरफराउनुको नतिजा पनि फरक भए जस्तै हो ।

जसरी महिलाको देब्रेपट्टि अङ्ग फरफराउनु शुभ हुन्छ, त्यसै गरी महिलाको देब्रेपट्टि झरेको छेपारो शुभ र दाहिनेतर्फ झर्नु अशुभ मानिन्छ । पुरुषहरूमा यसको ठिक उल्टो हुन्छ ।

अर्को समाचार:

शुक्रदेव र माता लक्ष्मीले यी ४ राशिलाई पार्नेछन् मालामाल, हट्नेछ दुख-दरिद्र