शुक्रदेव र माता लक्ष्मीले यी ४ राशिलाई पार्नेछन् मालामाल, हट्नेछ दुख-दरिद्र

काठमाडौँ : धनकी देवी माता लक्ष्मी जसमाथि कृपालु हुन्छिन् तिनको जीवन सप्रिन्छ। असोज ८ गते शनिबारबाट ४ राशिका आर्थिक स्थिति मजबूत हुन् सुरु भएको छ। वास्तवमा शनिबारबाट शुक्रदेव कन्या राशिमा गोचर गरेको छ। शुक्रदेवको राशि परिवर्तनले चार राशिका जीवनमा शुभ प्रभाव पार्नेछ। शुक्र ग्रह शुभ हुँदा माता लक्ष्मी पनि कृपालु हुन्छिन्। त्यसोभए ती भाग्यशाली राशिहरु कुन-कुन हुन् जसले लक्ष्मी माताको आशिर्वाद प्राप्त गर्छन्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका जातकको शुभ दिन सुरु भएको छ। उनीहरुले निश्चित रूपमा आर्थिक लाभ प्राप्त गर्नेछन्। ती लाभ कुनै पनि रुपमा आउन सक्छ। जस्तै जागिरमा बढुवा हुन् सक्छ। या कुनै ठूलो कम्पनीबाट आकर्षक तलबसहितको जागिरको प्रस्ताव प्राप्त हुन् सक्छ। व्यापार-व्यवसायबाट मुनाफा दोब्बर हुनेछ। बेरोजगारहरुले रोजगारको अवसर पाउनेछन्। यसबाहेक रोकिएका धन प्राप्त हुनेछ। कतै पैसा लगानी गर्दा प्रशस्त लाभ मिल्नेछ। आफन्तबाट आर्थिक सहयोग मिल्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

घरमा सुख-समृद्धिको प्रवेश हुनेछ। परिवारबाट केही ठूलो आर्थिक लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव पनि आउनेछ। समाजमा मान-सम्मान बढ्नेछ। पति-पत्नीबीचको सम्बन्ध अझैँ प्रगाढ हुनेछ। सन्तानको पक्षबाट खुशी मिल्नेछ। घरमा खुशीको माहोल बन्नेछ। पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। भाग्यले साथ दिनेछ। शुभ कामले यात्राको अवसर जुर्न सक्छ। घरमा माङ्गलिक कार्यको आयोजना हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

जीवनमा शुभ समाचार प्राप्त गर्नुहुनेछ। यसले जीवनमा ठूलो परिवर्तन ल्याउनेछ। यो परिवर्तन राम्रो रहनेछ। घरमा खुशीयाली छाउनेछ। प्रियजनको प्रेम र साथ-सहयोग पाउनुहुनेछ। अड्डा-अदालतको मामिलाबाट टाढै रहँदा बेश हुनेछ। घर-जग्गाका मामिलामा निर्णय तपाईकै पक्षमा हुनेछ। मातापिताबाट धन-लाभ हुनेछ। नोकरीमा तपाईको कामको तारिफ हुनेछ। व्यापारमा ठूलो सम्झौताको टुङ्गो लाग्नेछ। नयाँ व्यापार-व्यवसाय सुरु गर्नको लागि यो सही समय हो।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

शुक्रको राशि परिवर्तनले वृश्चिक राशिका जातकको भाग्य खुल्नेछ। यो समय तपाईको लागि वरदान भन्दा कम हुनेछैन। धेरै शुभ तथा धार्मिक कार्यमा सहभागी हुनुहुनेछ। वैदेशिक यात्राको सम्भावना छ। अविवाहितले योग्य जीवनसाथी पाउनेछ्हन। धनको आगमन बढ्नेछ। माता लक्ष्मी कृपालु बन्नेछिन्। इमानदारी र कडा परिश्रमलाई नछोड्नुहोस्। गरिबी हट्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

अर्को समाचार:

पुरुषका यी ३ गुणले महिलालाई छिट्टै गर्छ आकर्षित, यस्ता पुरुष हुन्छन् निकै आकर्षक !