यस्ता घरमा आफैँ आउँछिन् लक्ष्मी, हुँदैन कहिल्यै धनको कमी, सदैव रहन्छ माता लक्ष्मीको वास

कुनै घर यस्ता हुन्छन् जहाँ माता लक्ष्मीको कृपा सदैव रहन्छ। यस्ता घरको केही विशेषता छन्, जसका कारण माता लक्ष्मीले सधैँ यी घरहरूमा बास गर्छिन् र धेरै धन र अन्न प्रदान गर्छिन् । एक महान् विद्वान, अर्थशास्त्री र कूटनीतिज्ञ आचार्य चाणक्यले पनि व्यावहारिक जीवनसँग सम्बन्धित ज्ञान दिएका छन्। सुखी र सफल जीवन प्राप्त गर्ने उपायहरू चाणक्य नीतिमा बताइएका छन्। कस्ता घरमा लक्ष्मीको वास हुन्छ र कसरी उनलाई प्रसन्न गरी कृपा प्राप्त गर्न सकिन्छ भन्ने बारेमा बताएको छ ।

यस्ता घारमा हुन्छ माता लक्ष्मीको बास

लक्ष्मी माताको बास हुने घरमा कहिल्यै धन र भोजनको कमी हुँदैन । यसका साथै यस्ता परिवारले समाजमा धेरै सम्मान पनि पाउँछन् । जान्नुहोस् कस्ता कारणले माता लक्ष्मी दयालु हुन्छिन्।

पति पत्नी बिच माया र सम्मान हुने घर, महिला र ज्येष्ठ नागरिकलाई सधैँ सम्मान हुने घरहरूमा माता लक्ष्मीले सधैँ बास गर्छिन् र धन-सम्पत्तिले भरिन्छिन्। त्यसैले पति-पत्नीले सधैँ एक-अर्कोलाई सम्मान गर्नुपर्छ।

जुन घरमा विद्वान, सन्तको सम्मान हुन्छ, त्यहाँ सधैँ सुख-समृद्धि रहन्छ। यस्ता परिवारले समाजमा पनि धेरै सम्मान पाउँछन् र परिवारका सदस्यमा राम्रो बानी र संस्कार हुन्छ । यस्ता घरमा समृद्धि र धन स्वतः आउँछ ।

खानाको सम्मान गर्ने घरहरू, भान्सामा सरसफाइ राख्ने घर नुहाएर मात्र पूजा स्थलमा जनाए घरमा माता लक्ष्मी र माता अन्नपूर्णा सधैँ प्रसन्न रहन्छन् र धेरै धन र अन्न दिन्छन्। यस्ता घरमा कहिले पनि कुनै चीजको कमी हुँदैन ।

अर्को समाचार:

अन्त्य हुनेछ जीवनको सम्पूर्ण समस्या, अपनाउनुहोस् यी ज्योतिषीय उपाय !